भक्तपुरमा प्रहरीलाई यस्तो सफलता, ५ जना पक्राउ

134

बैशाख १९,
भक्तपुर । महानगरिय प्रहरी परिसर भक्तपुरले जनावरको अंग बोकेर हिड्दै गरेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरेको छ । बुधबार साझँ सूर्यविनायक नगरपालिका वडा नम्बर ६ सूर्यविनायक चोकबाट प्रहरीले ५ जना पुरुषलाई पक्राउ गरेको परिसरका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेवति रमण पोखरेलले जानकारी दिएका छन् । पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँ पालिका वडा नम्बर ८ घर भई हाल ललितपुर जिल्ला चापागाउ बस्ने बर्ष ४० को आनन्द तामाङ, ओखलढुङ्गा चिसङ्खु घर भई हाल काठमाडौ बौद्ध बस्ने बर्ष २४ को मनोज कार्की रहेका छन् ।

सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिका वडा नम्बर १२ का बर्ष ३१ को नरेन्द्र तामाङ, सिन्धुली गोलन्जोर ७ घर भई बस्ने बर्ष ३५ को रत्न ब.माझी र सोही स्थानका बर्ष ३४ को बिष्णु ब.माझी रहेको प्रहरीले बताएको छ ।
उनलीहरुलाई प्रहरी अधिकृत सहितको टोलीले शंकास्पद रुपमा हिडडुल गरी रहेका निम्न चेकजाँच गर्दा बेचबिखन गर्ने उद्देश्यले साथमा भएको अवस्थामा चितुवाको छाला जस्तो देखिने जंगली जनावरको छाला थान २ (दुई) र भालुको पित्तथैली जस्तो देखिने पदार्थ अन्दाजी ७५ ग्राम सहित फेला पारेको हो । आवश्यक अनुसन्धान तथा कारवाहीको लागी डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको प्रहरी नायव उपरिक्षक पोखरेलले बताए ।