कम्युनिष्टजनलाई क्रान्तिले के सिकायो ? हनीमून, बर्थ–डे र म्यारिज यनिभर्सरी पाटी

179

नयाँ नेपाल न्युज
बैशाख २३, काठमाडौं । सन् १९५६ मा चीन समाजवादी क्रान्तिको युगमा प्रवेश ग¥यो । जनवादी क्रान्तिका अभिभाराहरुलाई पूरा गरिसकेपछि त्यहाँ समाजवादी निर्माणको काम थालियो । विशाल जनसंख्या भएको उक्त मुलुकमा समाजवादी समाजको निर्माण गर्न थालिनु कम महत्वपूर्णको कुरा थिएन, बरु वास्तवमा त्यो एक महान विश्व—ऐतिहासिक महत्वको घटना थियो ।
यसरी चीनमा नौलो जनवादी क्रान्तिको सम्पन्नता र त्यसपटि भएको समाजवादी क्रान्ति र समाजवादी निर्माणकार्यको थालनी हुनु निश्चय नै कम्युनिष्ट आन्दोलनकको ऐतिहासिक अग्रगतिमा अति महत्वपूर्ण पाइला थिए । आज चीन विश्वमा शक्तिसाली छ । तेहि देखेर नेपालमा कम्युनिष्ट प्रति झुकाव थियो ।

२००६ साल बैशाख १० (सन् १९४९ अप्रिल २२) गते भारतको कलकत्ताको श्यामबजारमा पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्मचार्य मिली नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गरेको इतिहास छ । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने प्रेरणा रुसी क्रान्ति, चिनियाँ क्रान्तिको निरन्तर विकास, भारतको तेलङगना विद्रोह, राणाशासन विरुद्धको जनसंघर्ष आदि थिए । जसका संस्थापक महासचिव पुष्पलाल थिए । सन् १९४९ सेप्टेम्वर १५ मा मोतिदेवी श्रेष्ठलाई थप्न प्रस्ताव गरिएको थियो । ने.क.पा.को प्रथम सम्मेलन वि.सं. २००८ असोज (१९५१ सेप्टेम्वर २२) मा कलकत्ता नै भयो । जसले मनमोहन अधिकारीलाई महासचिव बनायो । नेपाली कम्युनिष्ट आन्दोलनको इतिहास करिब सात दशक पुरानो छ । नेपालमा हाल दर्जनौं समूहमा रहेका कम्युनिष्ट घटकहरु रहेका छन् । उनीहरु आफैंमा बिचलन छ । जनतामा ती पार्टीप्रति आक्रोश बढिरहेको छ ।

क्रान्तिमा बिचलनः देखावटी र बनावटी धेरै
कहानी – १,
नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ ।
मुलधारको अनलाइर्न न्युज पोर्टल रातोपाटी लेख्छः प्रचण्ड र सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन लागेको हो । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ । प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।
वि.स २०५२ साल फागुन १ गते नेपालमा जनयुद्ध सुरु भयो ।

तत्कालिन नेकपा माओवादीले सुरु गरेको त्यो क्रान्तिका कारण नेपालमा करिब १७ हजार मानिसको ज्यान गयो । हजारौं मानिस बेपत्ता त कति मानिसको शरिर क्षतविक्षत भो । बुर्जुवा शिक्षा बहिष्कार अभियानले साना–साना स्कुले बालबालिकालाई हतियार बोक्न अभिप्ररित ग¥यो । सांस्कृतिक क्रान्तीको नाममा धेरै परम्परागत कुरालाई त्याग गर्न दबाव दिइयो । पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आएको छ । पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा परिवार र आफन्तले लिएका छन्् । तर त्यसरी क्रान्तिमा लागेको मानिसले अन्धविश्वास र कुरितिलाई बढ्दा दिनु पक्कै पनि स्वभनिय कार्य होइन् ।
कहानी २,
त्यो झापा काण्डः यो बालुवाटारमा बिचल
वि.सं. २०२८ को उत्तरार्धमा, छिमेकी देश भारतको पश्चिम बङ्गालको राज्यको नक्सलवाडीमा कानू सल्यान र चारू मजुमदारको नेतृत्वमा कम्युनिष्ट पार्टीले सशस्त्र विद्रोह गरिरहेका थिए । त्यसबाट प्रभाबित भएर नेपाली कम्युनिष्टहरूद्वारा नेपालको झापा जिल्लामा पनि ’वर्गसत्रु खतम अभियान’ चलाईयो। यो काण्डमा कम्युनिष्टहरूले सामन्त आरोप लगाएर केही सर्वसाधारण नागरिक हत्या गरे । पछि सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, रत्नकुमार वान्तवा लगायत केही नेताहरू मारेको थियो ।
यस काण्डलाई नेपालको इतिहासमा ’झापा काण्ड’ नाम दिइएको छ । झापा काण्डमा रामनाथ दाहाल तेह्रथुम इवामा थिए । उनको हत्याकाण्डमा कुनै हात थिएन। तर केही वामपन्थी सोच भएकाले उनी पनि हुलमालमा सुखानीमा हताहत भए । भारतको सिलगुढीको नक्सालमा शोषकहरु निर्मूल गर्ने भन्दै धेरै मान्छे काटिन थालिएको थियो । झापा काण्ड पनि बढ्दै गएपछि त्यसैको सिको नक्सालाइट आन्दोलन भन्न थालिएको हो । –(विकिपिडियाबाट) त्यो क्रान्तिमा प्रत्क्षय लागेका केही नेताहरु अहिलेपनि सत्तामा छन् । तर उनीहरु रवैया उतीबेलाो सामान्ती भन्दा कुनै कम छैन् ।

दृश्य (क) फागुन ११, गते बालुवाटारः
उक्त दिनबाट प्रधानमन्त्री केपी शर्मा ओली ६७औँ वसन्त पार गरेका छन् । नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीको जन्मदिन परेकाले बालुवाटारमा बिहानैदेखि विभिन्न कार्यक्रम भयो ।

दृश्य (ख) चैत २५ गते बालुवाटारः
उक्त दिन अपरान्ह मन्त्रिपरिषदको बैठक थियो । बैठकमा अरु दिन भन्दा फरक रौनक देखियो ।सरकारका एक उपप्रधानमन्त्री ईश्वर पोखरेलको जन्म दिन थियो । क्याबिनेट बैठक प्रधानमन्त्रीको सरकारी निवासमा थियो । बैठक नियमित छलफलमा प्रवेश गर्नु अगाडि मन्त्रीलगायतले उपप्रधानमन्त्री पोखरेलको बर्थडे सेलिब्रेसन गरे ।

जनता भोक भोकै
नेपाल खाद्य संस्थानले डोल्पाको मुड्केचुला गाउँपालिका–७ सर्मी डिपोका लागि ल्याएको चामल बाटोमै बिक्री गरिएको छ । दाङको तुल्सीपुरबाट ढुवानी गरेर ल्याएको एक हजार क्विन्टल चामल संस्थानका कर्मचारी र ठेकेदार मिलेर रुकुमको आठबिसकोट नगरपालिका–४ त्रिवेणीमा बिक्री गरेका हुन् । नयाँ पत्रिका दैनिक लेख्छ, जुम्ला र सुर्खेतबाट आउने एक हजार क्विन्टल चामल पनि सर्मी डिपोमा पुगेको छैन । सरकारी अनुदानमा उपलब्ध गराइने चामल ठेकेदारमार्फत ढुवानी हुने गरेको छ । यसपटक बिसी ट्रेडर्स, सल्यानलाई ठेक्का दिएको थियो । ठेकेदार जनक बुढाले खाद्य संस्थानका कर्मचारी मुकुन्द पनेरूको उपस्थितिमै एक हजार क्विन्टल चामल रुकुममा बिक्री गरे । जनतालाई एक किलो चामल छैन् ।

सामाजिक संञ्जालमा अनेक रंगः
नेपालमा सात दशक पुगेको कम्युनिष्ट पार्टीको इतिहास जस्तो भएपनि वर्तमान सुखद छ । दुई तिहाईको सरकार छ । तर त्यो उहिँ बालुवाटार, धुम्वाराही र खुमलटार तिर मात्र आए जस्तो देखिन्छ । त्यसैले सुख मातिए जस्तो व्यवहार नेताहरुले देखाई रहेका छन् । माधव कुमार नेपाल वर्षमा ११ पटक त विदेश जान्छन् । उनको विदेश भम्रणले देश र जनतालाई केही फाइदा हुदैंन् । नेकपाको नेता कार्यकर्ता विदेश लर्को छ । जन्मदिन, विवाह, हनिमूनका तस्विरले सामाजिक संञ्जालमा रंगाउने कम्युनिष्ट धेरै छन् । जसले आम सर्वसाधरण नकारात्मक प्रभाव पारिरहेको छ । कुनै समय भारतको एक राज्यमा कम्युनिष्टको शासन तीन दशक टिक्यो । तर नयाँ पुस्ता आएपछि पतन भयो । यदि नेपालमा पनि त्यस्तै हो भने यो साशन अर्को निर्वाचनपछि पतन नहोला भन्न सकिन्न ।