भक्तपुरमा महेश र मदनको जोडिः कहिले ठुस्स कहिले उच्च

190

नयाँ नेपाल न्यूज केन्द्रिय ब्यूरो,
बैशाख २६, काठमाडौं । स्थानीय सरकार र संघीय सरकार बीच तालमेल नहुदाँ कतिपय स्थानमा विकाश निर्माणका गतिविधि अगाडी बढ्न सकिरहेको छैन् । एउटै योजनामा केन्द्र, प्रदेश र स्थानीय सरकारले बजेट विनीयोजन समेत गरेर भद्रगोल अवस्था समेत सिर्जना भएको छ । तर भक्तपुरमा भने पछिल्लो समय विकाश निर्माण गति लिएको देखिन्छ ।

भक्तपुरमा महेश र मदनको जोडिः
भक्तपुर २ नम्बर निर्माण क्षेत्रका संघीय सांसद महेश बस्नेत र मध्यपुरथिमि नगरपालिका नगरप्रमुख मदन सुन्दर श्रेष्ठको मित्रताको विषयमा यहाँ हामी चर्चा गर्दै छौ । बस्नेत युवासंघको राजनिति गरेर पार्टीको माथिल्लो तहसम्म पहुँच बनाएका नेता हुन् । नेकपा निकट भक्तपुरका एक नेता भन्छन् “बस्नेत जी त प्रधानमन्त्री ज्युको निकटको मानिस हो, उहाँलाई ओलीको ज्युको आर्शिवाद छ ।”

तर बस्नेतसंगको परिचय यतिमा मात्र सिमित हुदैन उनी एउटा विकाशवादी सोच भएका नेता हुन् । भक्तपुरका हरेक स्थानमा उनले विकाश निर्माण गरिरहेका छन् । सडक, विद्यालय र पुल बनाउन बस्नेत हरदिन लागि परिरहेका देखिन्छ ।
तर महेश बस्नेत र मदन सुन्दर श्रेष्ठको दोस्ती खासै जमेको छैन् । स्रोत भन्छ महेश बस्नेतले भनेको कुरा मदन सुन्दर मान्दैनन् । उनी त हाकाहाकी भन्छन् “म मध्यपुरको प्रधानमन्त्री हु” । त्यसैले विधि र विधानमा रहेर काम गर्छु भन्छन् मदन । मदन र महेशको बीच कुरा नमिल्नुमा केही कारण भएको नेताहरु बताउछन् ।

मदन सुन्दर एमालेको स्थानीयस्तरका नेता हुन् । उनी जिल्ला सदस्य समेत भए । विद्यालय संचालक समेत रहेका उनले अध्ययन भने कानुन र इन्जिनियरिङ्ग समेत गरेका छन् । पार्टीको नगरकमिटि अध्यक्ष भएको समय नै उनले अध्यक्षको टिकट पाएका थिए । मध्यपुरमा नयाँ बस्ती र पुरानो बस्तीको दुई खाले धार छ । जसमा केही नेताहरुले भाड्बन्डा गर्दा स्थानीयमा मदन र प्रदेशमा डाकटर राजेन्द्रमानले टिकट पाए । कमेरोटार जग्गा एकिकरण, हनुमान्ते नदिको करिडोरमा मुख्यतः यी कुरमा दुई नेताहरुको मिल्ती छैन् । एकातिर सूयविनायक नगरपालिका र मध्यपुरको बीचमा हनुमान्ते नदि बग्दछ । यो नदिमा करिडोर बनाउने विषयमा सहमत भएपनि व्यवस्थापनको विषयमा उनीहरु बीच कुरा मिलेको छैन् । कमेरोटार जग्गाको बैठकको नेतृत्व गर्न महेश बस्नेतले जिसस भक्तपुरका प्रमुख नवराज गेलाललाई आग्रह गरेपछि उनीहरु सम्बन्ध बिग्रीयो । यतिसम्म भयोकी महेश आउने कार्यक्रममा मदन सुन्दर नआउने भए । हाल आएर भने उद्घाटन र विकाशका काममा यी दुई एकसाथ देखिन्छन् । बस्नेतले सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापासंग सहकार्य गरेर विकाश गरिरहेका छन् । मध्यपुरपनि उनकै निवार्चन क्षेत्रमा पर्दछ ।

सहकार्य विना काम चल्दैन्ः

महेश बस्नेत र मदनसुन्दर श्रेष्ठ बीच सहकार्य भएन भने विकाश हुन् सक्दैन । अर्का तर पार्टी संगठनका लागि यी दुई नेता मिल्नु जरुरी छ । यदि यस्तो हुन सकेन भने नेकपालाई आगामी निर्वाचनमा धक्का लाग्न सक्दछ । कहिले ठुस्स हुने र कहिले उच्च हुने दोस्ती भन्दापनि सदावहार भएमा भक्तपुरको विकाशमा सहयोग पुग्ने देखिन्छ ।