गोलरक्षक चेम्जोङ बने हन्ड्रेड प्लसका ब्रान्ड एम्बेसडर

76

बैशाख ३०,
काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङ हन्ड्रेड प्लस आइसोटोनिक स्पोर्टस् ड्रिंग्सका ब्रान्ड एम्बेसडर बनेका छन् । नेपालका आधिकारिक विक्रेता सारा ग्रुपका अध्यक्ष दीपक केसी र गोलरक्षक चेम्जोङबीच आइतबार एक कार्यक्रमका बीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै गोलरक्षक चेम्जोङ दुई वर्षका लागि कम्पनीका ब्रान्ड एम्बेसडर बनेको केसीले बताएका छन् ।

थप खेलाडीसँग सम्झौता हुने
सारा गु्रपका अध्यक्ष केसीले आगामी दिनमा फुटबलकै अन्य खेलाडीलाई पनि ब्रान्ड एम्बेसडर बनाउने योजना रहेको बताएका छन् । तर, खेलाडीहरूलाई कति रकममा अनुबन्ध गर्ने भन्ने पक्ष उनले खुलाउन चाहेनन् । चेम्जोङ ब्रान्ड एम्बेसडरमा नियुक्त हुँदा पनि उनको रकम खुलाइएको छैन । ‘हामीले चेम्जोङसँग सम्झौता रकमबारे सहभागी भएको छ,’ केसीले भने, ‘ब्रान्ड एम्बेसडरका लागि हामी अन्य खेलाडीसँग पनि कुराकानी अगाडि बढाइरहेका छौँ ।’

राम्रो गर्ने प्रेरणा
ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि गोलरक्षक चेम्जोङले फुटबलमा थप राम्रो गर्न प्रेरणा मिलेको बताएका छन् । ‘यस सम्झौतापछि मलाई दुई वर्ष उत्कृष्ट प्रदर्शन गर्नमा प्रेरणा मिल्नेछ,’ उनले भने ।