अवैध रकम असुल्दै आएका मेडिकल कलेजविरुद्ध ६० उजुरी

56

बैशाख ३०,
काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीसँग अवैध रकम असुल्दै आएका मेडिकल कलेजविरुद्ध संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा ६० वटाभन्दा बढी उजुरी परेको छ । त्रिभुवन विश्वविद्यालय (टीयू) र काठमाडौं विश्वविद्यालय (केयू) ले सम्बन्धन दिएका अधिकांश मेडिकल कलेजविरुद्ध उजुरी परेको हो ।

समितिद्वारा गठित उपसमितिमा परेका उजुरीमा ६८ लाखसम्म शुल्क असुलेको प्रमाण पेस गरिएको छ । सबैभन्दा बढी उजुरी ललितपुरको किस्ट मेडिकल कलेजविरुद्ध छ । किस्टले अवैध शुल्क लिने गरेको, प्रयोगात्मकरआन्तरिक परीक्षामा फेल गराएको, परीक्षामा वञ्चित गराएको, मानसिक यातना दिएको, अतिरिक्त शुल्कको रसिद नदिएको, अनुगमनमा नक्कली विद्यार्थी र अभिभावक देखाउने गरेको उल्लेख छ ।

किस्टसहित केयूबाट सम्बन्धनप्राप्त कलेजले अवैध रकम उठाउन ुगुन्डाु पाल्ने गरेको समेत विद्यार्थी र अभिभावकले गुनासो गरेका छन् । अधिकांश मेडिकल कलेजले चन्दा र सहयोगका नाममा रकम असुलेर राज्यलाई तिर्नुपर्ने कर छली गरेको उपसमिति संयोजक सुरेशकुमार राईले जनाए । ुसरकारले तोकेभन्दा बढी रकम कलेजहरूले चन्दा सहयोग शीर्षकमा लिएका छन्, रसिद पनि दिएका छैनन्,ु उनले भने, ुकर छलेर सरकारलाई ठगी गरेको देखिन्छ ।ु उनका अनुसार उजुरीमाथि उपसमितिले अध्ययन गरिरहेको छ ।

उजुरीमा अवैध शुल्क लिन किस्टका सञ्चालकले गरेको मोलमोलाइको अडियो रेकर्डसमेत रहेको उपसमितिले जनाएको छ ।
चितवनको कलेज अफ मेडिकल साइन्सका विद्यार्थीले ८ वटा उजुरी दर्ता गराएका छन् । केयूले मेरिटमा पठाएका विद्यार्थीलाई भर्ना नलिएको, विदेशी विद्यार्थीसरह शुल्क लिने गरिएको, एक वर्षदेखि १८ महिनाभित्र सबै शुल्क असुलेर सरकारले तोकेको किस्ता प्रणाली उल्लंघन गरेको, प्रवेश परीक्षाभन्दा पहिल्यै आधा रकम लिएर सिट बुक गराउँदै आएको विषय उजुरीमा छ ।

पिपुल्स डेन्टल, विराट, युनिभर्सल मेडिकल कलेजले बढी सुल्क असुलेको र शुल्क नतिर्ने विद्यार्थीलाई पटक(पटक मानसिक यातना दिने गरेको उजुरीमा उल्लेख छ । यी कलेजले विद्यार्थीलाई जबर्जस्ती होस्टलमा राखेर मानोमानी शुल्क असुल्ने गरेको विद्यार्थीले जनाएका छन् । नोबेल मेडिकल कलेजले बढी शुल्क नतिर्दा दिने धम्की र मानसिक त्रासले पढाइ प्रभावित हुने गरेको एक विद्यार्थीले दिएको उजुरीमा उल्लेख छ ।

अधिकांश मेडिकल कलेजले अवैध रकम उठाउन गर्ने हर्कतहरू मिल्दाजुल्दा छन् । गण्डकी मेडिकल कलेजले शिक्षा मन्त्रालयमा सहमतिपछि पनि अतिरिक्त शुल्क फिर्ता नगरेको अभिभावकले जनाएका छन् । ती अभिभावकले उजुरीमा उक्त कलेजले लिएको बढी शुल्कको बिल(भौचरसमेत समावेश गरेका छन् ।

चितवन मेडिकल कलेजका विद्यार्थीले अवैध शुल्क फिर्ताको माग गर्दै उजुरी दिएका छन् । कलेजले फेल गराउने धम्की दिएकाले बढी पैसा तिर्न बाध्य भएको पीडित विद्यार्थीको गुनासो छ । कलेजले बिल(भर्पाइबिना बढी पैसा असुलिरहेको अभिभावकले उजुरी दिएका छन् ।

देवदह मेडिकल कलेजले छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीसँग समेत अवैध शुल्क असुल्ने गरेको उजुरी प्राप्त भएको उपसमिति संयोजक राईले जनाए ।

जानकी मेडिकल कलेजमा चिकित्सा शिक्षा पढाउने शिक्षक नहुँदा अनुत्तीर्ण हुने अवस्था आएको विद्यार्थीले गुनासो गरेका छन् । उक्त कलेजले कार्यरत कर्मचारीलाई समेत मासिक पारिश्रमिक नदिने गरेको उजुरीमा उल्लेख छ । नेसनल मेडिकल कलेज सञ्चालकले सरकार र नेताहरूसँगै साँठगाँठ गरेर अतिरिक्त रकम असुल्ने गरेको उजुरी छ । अतिरिक्त रकम नतिर्दा ४ पटकसम्म फेल गराइएको भन्दै काठमाडौं मेडिकल कलेजविरुद्ध पूर्वविद्यार्थीले समेत उजुरी दिएका छन् । ुशुल्क नतिर्दा कलेजले दिने चारित्रिक प्रमाणपत्र खराब बनाइदिने धम्की दिइन्छ,ु ती विद्यार्थीले दर्ता गराएको निवेदनमा भनिएको छ ।

विराट कलेजले अवैध रूपमा विद्यार्थी भर्ना गराउँदै आएको भनिएको छ । ुउजुरीहरूको प्रारम्भिक अध्ययन गर्दा मेडिकल कलेजले गैरकानुनी रूपमा रकम असुलेर ठगी गरेको भेटियो,ु संयोजक राईले भने, ुउजुरी आउने क्रम जारी छ, केही दिनमै स्थलगत अध्ययन गर्ने तयारीमा छौं ।ु

मेडिकल कलेजका नियमक निकायसँग समेत छलफल गरेर दीर्घकालीन रूपमा समस्या समाधान हुने गरी प्रतिवेदन बुझाउने तयारी गरिएको राईले जनाए । त्यसका लागि उपसमितिले केयू र टीयूका पदाधिकारीलाई सोमबार छलफलमा डाकेको छ ।-कान्तिपुर