अजोड इन्स्योरेन्सको तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक, खुद नाफा २ करोड ६० लाख

116

बैशाख ३०
काठमाडौं । केही समय अघि मात्र संचालनमा आएको अजोड इन्स्योरेन्सले आफ्नो तेश्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २५ करोड ४ लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ९ करोड २९ लाख खुद बीमा शुल्क आर्जन गरेको छ। कम्पनीमा हाल २९ हजार ४ सय ७ बीमा लेख संख्या कायम छन्। कम्पनीले तेश्रो त्रैमास सम्म २ करोड ६० लाख खुद नाफा गरेको छ।

कम्पनीको हाल पुँजी ७० करोड रुपैयाँ छ। निर्जीवन बीमा कम्पनीले १ अर्ब पुँजी पुर्याउनु पर्नेमा कम्पनीले बाँकी रकम आईपीओमा निस्काशन गर्ने देखिन्छ। कम्पनीको जगेडा कोषमा १ करोड ९८ लाख संचित छ भने बीमा कोषमा २ करोड ३० लाख रुपैया संचित छ।
तेश्रो त्रैमास सम्म कम्पनीले १ करोड १ लाख कुल दावी भुक्तानी गरेको छ भने ४६ लाख १२ हजार खुद दावी भुक्तानी गरेको छ।
१ करोड १४ लाख रुपैया भुक्तानी हुन बाँकी दावी रकम देखिन्छ । कम्पनीको प्रति शेयर आम्दानी ४ रुपैया ९७ पैसा आउछ भने १०६ रुपैया १२ पैसा किताबी मूल्य छ