दक्षिण एसियाली खेलकुदको लोगो र मस्कट सार्वजनिक

159

बैशाख ३१,
काठमाढडौँ । सरकारले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग गेम्स) को प्रतिक चिन्ह (लोगो) र मस्कट सार्वजनिक भएको छ। ६ महिनापछि काठमाण्डू र पोखरामा आयोजना हुने तय भएको दक्षिण एसियाको सबैभन्दा ठूलो खेल महोत्सबको तयारी शुरु नभएको भन्दै आलोचना हुन थालेको बेला युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमवार एक समारोहबीच लोगो र मस्कट सार्वजनिक गरेको हो।

उक्त लोगो र मस्कट विराटनगरका भोलानाथ पौड्यालले तयार पारेका हुन्। जसबापत उनले एक लाख रुपैयाँ पुरस्कार जितेका छन्।

साग गेम्सको लोगो अन्तर्राष्ट्रिय शान्तिको प्रतिकको रुपमा रहेको परेवाको आकृति छ। परेवामा प्रयोग भएको रङ्गले शान्ति सन्देश दिलाएको तथा उँभोतिर उडिरहेको परेवाको पखेटाले हिमाल दर्साएको लोगोका डिजाइनर भोलानाथ पौड्यालले बताए।

त्यस्तै परेवाको पछिल्लो भागमा सातवटा प्वाँख राखिएको छ। जसले सहभागी सातवटा दक्षिण एसियाली राष्ट्रको प्रतिनिधित्व तथा रंगशालाको ट्रयाक दर्साइएको ग्राफिक डिजाइनर पौड्यालले जनाएका छन्। मस्कट भने लोपोन्मुख जनावर कृष्णसार राखिएको छ। मस्कट प्रतियोगितामा समावेश सबै खेलहरूको विभिन्न मुद्रामा हुनेछ।

लोगो तथा मस्कट सार्वजनिक समारोह भएसँगै साग गेम्स निर्धारित समयमा हुने वा नहुने अन्योलता हटेको ठानिएको छ। निर्धारित तालिका अनुसार साग गेम्स आगामी डिसेम्बर एक देखि १० तारिख ( मंसिर १५ देखि २४ गते) सम्म काठमाण्डू र पोखरामा हुनेछ।