काठमाडौंका विभिन्‍न स्थानबाट १५१ जना पक्राउ

58

बैशाख ३१,
काठमाडौँ । राजधानी काठमाडौंका विभिन्‍न स्थानबाट प्रहरीले ठुलो संख्यामा शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको छ। सार्वजनिक स्थानमा बसेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसरका प्रमुख फेरिनेबित्तिकै प्रहरीले सार्वजनिक स्थानमा मर्यादा कायम गराउने अभियान थालेको हो । परिसरमा एसएपी उत्तमकुमार सुवेदीले प्रमुखको जिम्मेवारी सम्हालेको साता पनि भएको छैन । परिसरका अनुसार सोमबार मध्यराति निस्किएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा पुरुष र महिलासहित सय ५१ जनालाई पक्राउ गरेको हो। समाजमा विकृति फैलने गरी यौनजन्य क्रियाकलाप भइरहेको सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए।

प्रहरीका अनुसार गोंगबु, रत्नपार्क र रणोदीप चोक लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले यसअघि पकेटमार नियन्त्रण अभियान चलाएर ४ सय भन्दा धेरैलाई पक्राउ गरेको थियो।