एनआरएन ए पश्चिम अष्ट्रेलियाको कोषाध्यक्ष पदमा घिमिरेको उम्मेदवारी

171

बैशाख ३१,
काठमाडौं । एनआरएन पश्चिम अष्ट्रेलियाको कोषाध्यक्ष पदमा शेखर घिमिरेले उम्मेदवारी दिएका छन् । पश्चिम ओस्ट्रेलीया क्षेत्रको २०१९ २०२१ को चुनावलागि उनले सामाजिक संजाल मार्फत उम्मेदवारी सार्वजनिक गरेका हुन् ।

उनले यसरी मत मागेका छन्: 

सम्पूर्ण पश्चिम अष्ट्रेलियाबासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा नमस्कार,

बिगत एक दशक देखि म शेखर घिमिरे यहाँहरु संगै यस सुन्दर शहर पर्थमा स(परिवार बस्दै आएको छु।हामी सबैलाई नेपाली हुनुमा गौरब लाग्छ।यसै सन्दर्भमा हामी बीच हुर्कदै गरेको नेपाली समुदाय, यसका गतिबिधीहरु, बद्लिदो समुदायको आकार, समस्या, सम्भावना र सामुदायिक दायित्वलाई महशुस गरी मैले आफ्नो शुरुवाती दिनदेखिनै यहाँका बिभिन्न सामाजिक गतिबिधीहरुमा आफुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सामेल गराएर हिंडेको छु।

यसै सन्दर्भमा गैर आबासिय नेपाली संघमा मेरो प्रबेश २०१५(२०१७ को कार्यकालमा पश्चिम अष्ट्रेलियाको राज्य स्तरिय समन्वय समितिको सदस्यको रुपमा भएको थियो ्र आफूभित्र निहीत सामाजिक लगाव अनि विगतका अनुभवका आधारमा मैले एन आर एन अष्ट्रेलियाको आसन्न निर्वाचनमा पश्चिम अष्ट्रेलिया राज्य समन्वय समितिको “कोषाध्यक्ष” पदमा आफ्नो उम्मेद्बारी दिने घोषणा गरेको छु्र आफ्नो पदको पदिय मर्यादामा रहेर संस्थालाई अझ प्रभावकारि र लोकप्रिय बनाउन समाजका हरेक अंगसँग सहकार्य गर्दै एन आर एन का भावि कार्यक्रमहरु अघि बढाउन कुनै कशुर बाँकी नराख्ने प्रण गर्दछु्र

अतस् यो समय भनेको मलाई यहाँहरुको शुभकामना, सहयोग र समर्थन चाहिएको बेला हो जुन पाउने कुरामा म बिस्वस्त छु्र

धन्यवाद
शेखर घिमिरे
कोषाध्यक्ष उमेद्वार, एन आर एन ए पश्चिम अष्ट्रेलिया