पचास प्रतिशत निजी आवास पुनः निमार्ण

75

वैशाख ३१,
काठमाडौँ । भूकम्प गएको चारवर्ष बित्दा पनि नागार्जुन नगरपालिकामा ५० प्रतिशत मात्र निजी आवास पुनःनिर्माण सम्पन्न भएको छ । नगरपालिकामा २६ प्रतिशत लाभग्राहीले घर निर्माण सकेर तेस्रो किस्ताबापतको रकम लिएका छन् ।

नगरपालिकामा पुनःनिर्माणका जम्मा लाभग्राही सङ्ख्या चार हजार २८८ रहेकामा एक हजार एक ५५ लाभग्राहीले मात्र निजी आवास पुनःनिर्माण गरेका छन् । नगरपालिकाका बरिष्ठ इञ्जिनीयर दीपकुमार गिरीका अनुसार नगरक्षेत्रमा नक्सापास गराउन सजिलो नभएका कारण पुनःनिर्माणको गति सुस्त भएको हो । मापदण्ड विपरीत बनेका र सडकको मापदण्ड र सानो क्षेत्रफलमा बनेका घरबारे प्रष्ट नीति नहुँदा निजी आवास निर्माणले गति लिन नसेको उहाँको भनाइ छ । नगरपालिकामा पहिलो किस्ता लिने लाभग्राही एक हजार ४०५ तथा दोस्रो किस्ता लिने लाभग्राही एक हजार ४७७ रहेका छन्