एनआईसी र स्पार्क हेल्थ बीच सम्झौता

87

बैशाख ३१,
काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेड र स्पार्क हेल्थ होम बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सझौता भएको छ ।सम्झौतामा बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई स्पार्क हेल्थ होममा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने सहमति भएको छ । उक्त सम्झौतापत्रमा बैंकका बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठी र हेल्थ होमका कार्यकारी निर्देशक हरि शरण रिजालले हस्ताक्षर गरेका छन् ।