चन्द्रमा लगातार खुम्चिँदै गएको नासाको निष्कर्ष

67

एजेन्सी , जेठ १,
काठमाडौँ । अमेरिकी अन्तरिक्ष निकाय नासाले १२ हजारवटा तस्वीरको अध्ययन गरेर पृथ्वीको एक मात्र उपग्रह चन्द्रमा लगातार खुम्चिँदै गएको निष्कर्ष निकालेको छ । नासाका अनुसार चन्द्रमाको सतहमा दरार देखापर्न थालेका छन्, जसका कारण मानिसको अनुहारमा चाउरी परे जस्तो चन्द्रमामा पनि चाउरी परेको छ ।
नासाले लुनार रिकोनेसा अर्बिटरबाट लिइएको तस्वीरको अध्ययन गरेर यसको जानकारी सोमबार प्रकाशित रिपोर्टमा दिएको हो । तस्वीर विश्लेषणपछि नासाले चन्द्रमाको उत्तरी ध्रुवनजिक मारे फ्रिगोरिसमा चिरा परेको र त्यो आफ्नो ठाउँबाट घर्किएको जनाएको छ । चन्द्रमाका विशाल बेसिनहरूमध्ये एक मारे फ्रिगोरिसलाई भूवैज्ञानिक दृष्टिकोणले मृत स्थल मानिन्छ ।

चन्द्रमामा टेक्टोनिक प्लेट हुँदैन तर त्यहाँ पनि टेक्टोनिक गतिविधि भेटिएकाले वैज्ञानिकहरू आश्चर्यमा परेका छन् । वैज्ञानिकहरूका अनुसार, चन्द्रमामा यस्ता गतिविधि ऊर्जा गुमाउने प्रक्रियाअन्तर्गत साढे ४ अर्ब वर्षअघि भएको थियो । यसले गर्दा चन्द्रमाको सतहमा किससिममा जस्तो चाउरी पर्ने गर्छ । प्रक्रिया चल्दा चन्द्रमामा भूकम्प आउँछ । ऊर्जा गुमाइरहेका कारण चन्द्रमा विगत लाखौं वर्षयता लगभग १५० फीट खुम्चिएको छ ।

चन्द्रमामा रहेका लाखौं बेसिनमध्ये मारे फ्रिगोरिस भूवैज्ञानिक दृष्टिले एक मृतस्थल मानिन्छ । पृथ्वीमा जस्तो चन्द्रमामा कुनै भौगर्भिक प्लेट छैनन् । तथापि चन्द्रमामा भूकम्पीय गतिविधिहरु भएका कारण वैज्ञानिकहरु आश्चर्य चकित छन् । वैज्ञानिकहरुका अनुसार उर्जा दहन हुने प्रक्रियामा साढे ४ अर्ब वर्ष पहिले चन्द्रमामा यस्तो गतिविधि भएको थियो । जसका कारण चन्द्रमाको सतह दरारयुक्त छ । त्यस प्रक्रियामा चन्द्रमामा भूकम्प पनि आउँछ ।

स्मरण रहोस् चन्द्रमा पृथ्वीको एक उपग्रह हो जुन पृथ्वीभन्दा ३ लाख ८४ हजार ४ सय किलोमिटर टाढा छ । मेरिल्यान्ड विश्वविद्यालयका भूगर्भवैज्ञानिक निकोलस चेमरका अनुसार चन्द्रमामा लाखौँ वर्ष पहिले भएको भौगर्भिक गतिविधि अहिले पनि जारी छ । सबैभन्दा पहिले सन् १०६० तथा १९७० को दशकमा अपोलो अन्तरीक्षयात्रीहरुले चन्द्रमामा भूकम्पीय गतिविधिको मापन सुरु गरेका थिए ।