भारतमा पानीबाट चल्ने इन्जिनको विकास

85

जेठ २,एजेन्सी,
कोयंबटुर भारतको तमिलनाडु राज्यको कोयंबटुरका मेकानिकल इन्जिनियर एक कुमारास्वामीले डिस्टिल्ड वाटरबाट चल्न इन्जिन विकास गरेका छन् । योे पर्यावरण मैत्री इन्जिनले अक्सिजन निकाल्ट र इन्धनका रुपमा पानीमा निहित हाइड्रोजनको प्रयोग गर्छ । उक्त इन्जिनलाई चाँदै जापानमा लन्च गर्ने उनले जानकारी दिएका छन् ।

उक्त इन्जिन विकास गर्न १० बर्ष लागेको एस कुमारस्वामीले बताए । उनले त्यसरी काम गर्ने उक्त इन्जिन पहिलो भएको उल्लेख गर्दै त्यसलाई छिट्टै जापानमा प्रस्तुत गर्ने जानकारी दिए । उनले भने– मेरो सपना थियो , म यो इन्जिनको सबैभन्दा पहिला भारतका जनता सामु प्रस्तुत गरुँ । तर आप्mनै देशमा मलाई सकारात्मक जवाफ आएन । त्यसैले मैले जापान सरकारसँग सम्पर्क गरेको छु । मलाई उनीहरुले अवसर प्रदान गरेको छ ।