थकाइ कम गर्ने तीन सरल उपाय

80

जेठ २, काठमाडौँ ।
पानी पर्याप्त पिउनुहोस्
कामको चक्करमा धेरैले पानी पिउन भुल्छन्। तिखा लाग्नु भनेको शरीरले पानीको मात्रा असाध्यै कम महसुस गर्नु हो। त्यसैले तिर्खा नकुरेर पानी पिइरहन जरुरी हुन्छ। खेल चिकित्सक गडसन भन्छन्, ‘अक्सिजन र पोषक तत्व मांशपेशीमा पु¥याउन पनि पानीको जरुरी छ।’ यति मात्रै होइन, पानीको कमीले रगत बाक्लो बनाउँछ। मुटलाई कुशलतापूर्वक रगत पम्प गर्न रगतमा पानीको मात्रा पर्याप्त हुन जरुरी हुन्छ।

आइरनको सेवन जरुरी

आइरन शरीरका लागि अत्यावश्यक तत्व मध्य पर्छ। यदि यसको कमी भयो भने पनि साह्रै थकित महसुस हुन सक्छ। एकदमै चिडचिडाहट, कमजोर र एकाग्र हुन सकिएको छैन भने बुझ्नुहोस् शरीरमा आइरनको मात्रा कम हुँदै गएको छ। त्यसैले पात भएका तरकारी, मेवा, दही लगायतको सेवन गर्नु राम्रो हुन्छ।

खाजाको परिकार

ना शरीरका लागि ईन्धन हो। जस्तो गाडीको इन्जिनमा शुद्ध तेल प¥यो भने सहज ढंगले कुद्छ। त्यसैगरी मानव इन्जिनमा पनि ईन्धन सफा पर्नुपर्छ। विशेष गरी काम गरेर थाकेको र भोकाएको अवस्थामा खानेकुरा खाँदा होस पुर्याउनुपर्छ। दिउसोको खाजामा एकदमैं धेरै तरल पदार्थ पाइने खाजा खाँदा थकाइ कम हुन सक्छ। मासुजन्य र कार्बाेहाइडेड अधिक भएको खाजाले भोक त मेट्छ तर थकाइ बढाउन सक्छ। swasthyakhabar.com