‘युगौदेखि तिमीलाई भेटेको जस्तो’ गीत जिनियस म्युजिक अवार्ड मनोनयनमा

191

जेठ ४,
काठमाडौं । गीतकार यमुना पराजुली अधिकारीको “युगौदेखि तिमीलाई भेटे को जस्तो” बोलको गीत जिनियस म्युजिक अवार्ड २०७६ को मनोनयनमा परेको छ । उक्त गीतमार्फत् गायक गौरब आले न्यु सिङ्गर (पप आधुनिक ) तर्फ बाट उत्कृष्ट पाँच मनोनयनमा परेका हुन् । प्रमोद पन्तको सङ्गीत रहेको उक्त गीत गौरब आले र मेलिना राइले गाएका हुन् । सिन्धुलीको सेरोफेरोमा छायांकन गरिएको यो गीतको म्युजिक भिडियो गत डिसेम्बरदेखि सांगितिक दुनियामा अाएको हो । गौरब आलेलाई भोट दिन GMA 35D लेखेर 35005 मा पठाउन सकिन्छ । गीत तलको लिङ्कमा गएर सुन्न र हेर्न सकिन्छ ।