हाम्रो नेपालमा ब्रा चोरी भएर महिलाहरु हैरान

233

इटहरी । इटहरीमा बिगत दुई महिनादेखि लगातार एउटा अनौठो चोरीको घटनाले महिलाहरु आजित बनेका छन् । इटहरी ४ स्थित सिसिर टोलमा महिला तथा युवतीहरुको भित्री बहिरन ब्रा सुकाएकै ठाँउबाट चोरी हुन थालेपछि स्थानिय महिलाहरु आजित बनेका हुन । टोलका महिला तथा युवतीहरुले धोएर सुकाएका ब्रा दिन र रातमै गायब हुन थालेको स्थानिय महिलाहरु बताउछन् ।

दिनमै पनि कतिपय युवतीका ब्राण्डेड ब्रा चोरी भएको स्थानिय महिला रोजिता दासले बताईन । ‘धोएर धारा वा कल आसपास सुकाएकै ठाँउबाट धेरै दिदी बहिनीहरुको ब्रा चोरी भएको छ’ उनले भनिन् ‘यो श्रृंखला बिगत दुई महिनादेखि चलिरहेको छ’ । भोजपुबाट कोठा भाडा लिएर बसेका दुईजना बहिनीहरुको ४ जोर ब्रा चोरी भएको अबस्था छ । ‘हामी आफै आश्चर्यमा छौ, ब्रा कसले र किन चोर्यो ? भनेर’ । उनले भनिन् ‘ब्रा छानेर चोरी भएको छ पुरानो र च्यातिएका सुकाएकै ठाँउमा रहन्छन, नयाँ भने गायब हुन्छन्’ । -पूर्वेली खबर