बस्नेतको स्वार्थले प्रक्रिया मिचेर ठेक्का

105

अर्जुन ओली (नागरिक दैनिक)
जेठ ५, नेपालगन्ज । सिक्टा सिँचाइ आयोजनाको पूर्वी नहर निर्माणका लागि तत्कालीन आयोजना निर्देशक रमेश बस्नेतले नियम, प्रक्रिया सबै मिचेरै भए पनि हतारमा ठेक्का सम्झौता गराए। साढे ५३ किलोमिटर नहर निर्माण गर्न बस्नेतकै अग्रसरतामा ठेकेदार ‘कुमार कालिका जेभी’ले २०७४ साउन १० गते ९२४ जुलाई २०१७० तीन अर्ब ६ करोड ९८ लाख ५९ हजार दुई सय ५९ रुपैयाँमा सम्झौता गरेको थियो। सम्झौताका क्रममा आयोजना कार्यालयले जति हतार गरे पनि अहिले कामको गति निकै सुस्त छ। एकैपटक तीन अर्बभन्दा बढीको ठेक्का सम्झौता गराउन तत्कालीन आयोजना निर्देशक बस्नेतले ठूलै कसरत गरेको उनका पूर्वसहकर्मी सम्झिन्छन्। ‘कुनै पनि आयोजनामा जिम्मेवारी सम्हाल्न आउने प्रमुखको स्वार्थ नै जति सक्यो धेरै र हतारमा ठेक्का सम्झौता गराउने हुन्छ,’ आयोजनाका एक पूर्वअधिकारीले भने, ‘सिक्टाको पूर्वी नहरमा ठेक्का सम्झौता गराउँदा रमेश बस्नेतले ठूलै कसरत गर्नुभयोे र सफल पनि हुनुभयो ।