विश्वकै प्रतिष्ठित ’कान्स फिल्म फेस्टिभलमा’ प्रियंकाले पाइन् नेपालबाट पहिलो अवसर

131

जेठ ५,
काठमाडौँ । विश्वकै प्रतिष्ठित फिल्म फेस्टिभल ’कान्स फिल्म फेस्टिभलमा’ नेपाली नायिका प्रियंका कार्की सहभागी हुने भएकी छिन् । नेपालबाट प्रियंका पहिलो पटक यो विश्व चर्चित महोत्सवमा सहभागी हुने भएकी हुन् । उनी आजै फ्रान्समा उड्दैछिन् ।हलिउड र बलिउडका नायिकाहरु छाइरहेको कान्स फिल्म फेस्टिभलका लागि आफु निकै उत्साहित भएको प्रियंका बताउँछिन् । यो नेपाल र नेपालीको लागि गर्वको कुरा हो भने मेरो लागि ठुलो अवसर हो, प्रियंकाले भनिन्, नेपाली फिल्म र संस्कृतिलाई विश्व माझ चिनाउने मेरो कोशिस रहनेछ । प्रियंका कान्सको चार वटा इभेन्टस्मा सहभागी हुनेछिन् । उनका अनुसार नर्वेजियन फिल्म फेस्टिभल, बुक लञ्च, माइकल ज्याक्सनलाई दिइने ट्रिव्युट र गाला डिनरमा सहभागी हुनेछिन् । प्रियंका र आयुष्मानसँग गरिएको रमाइलो कुराकानी हेर्नुस् :

नेपालकी चर्चित नायिकाले त्यहाँ नेपालकी सिवांगी प्रधानको डिजाइन लगाउनेछिन् । मे २० मा प्रियंकालाई कान्स फिल्म फेस्टिभलमा देख्न पाइनेछ । पहिलो पटक सहभागी हुने प्रियंकाले कान्समा कस्तो छाप छोड्लिन् त ?-ramailochha.com