संसद भवनमा भेटियो प्रयोग भएको कण्डम

175

एजेन्सी, जेठ ५,
काठमाडौँ । बेलायतको संसद भवनमा प्रयोग भएको कण्डम भेटिएको छ । बेलायती संसदमा प्रयोग गरिएको कण्डम नै फेला परेपछि हंगामा नै मच्चिएको छ । सन्डे टाइम्सले जनाएअनुसार सांसदहरू संसदमा प्रयोग भएको कन्डम बोकेर आउने गरेको खुल्न आएको छ । यो खुलासा उक्त कार्यालयमा सरसफाईको काम गर्ने कामदारहरूले गरेका हुन । उनीहरूका अनुसार ब्रिटेन संसदमा सांसदहरूले प्रयोग गरिएको कण्डम बोकेर आउने गरेको पाइएको छ ।

पश्चिमा देशहरूमा यौन सामान्य भएपनि संसद भवनभित्र यस्तो हुनुले देशको इज्जत र प्रतिष्ठामा आँच आएको कतिपय सांसदको तर्क छ । उनीहरूले उक्त घटनाबारे छानविन गरेर दोषीमाथि कारवाही गर्न समेत माग गरेका छन् । सफाई कम्पनीको एक कर्मचारीका अनुसार गत वर्ष वेस्टमिनिस्टर सेक्स कान्ड पनि एकदमैं चर्चित कान्ड हो । सामाजिक संघले संसदको प्रबन्धकसँग छलफल गरेको थियो कि एक सांसदसँग शारीरिक सम्पर्क गर्न तिनीहरूलाई जिस्क्याउने गर्ने गरेको गुनासो आएको थियो ।