अब टिभिएसका मोटरसाइकल नेपालमै बन्ने

179

जेठ ६,
काठमाडौँ । बजाजपछि टिभिएसका मोटरसाइकल तथा स्कुटल नेपालमै एसेम्बल हुने भएका छन्। नेपालमा टिभिएसका दुई पांग्रे बिक्रीवितरणको जिम्मा पाएको जगदम्बा मोटर्सले नेपालमै एसेम्बल गर्नका लागि प्रक्रिया अघि बढाएको छ। नेपालमै एसेम्बल गर्नका लागि काम अघि बढाइएको र यसले केही समय लिने जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक दिपक अग्रवालले जानकारी दिए। एसेम्बल गर्नका लागि सम्भाव्यता अध्ययनको काम सकाएर प्रशासनि तथा अन्य काममा कम्पनी लागिपरेको अग्रवालको भनाइ रहेको छ।

टिभिएसका सबै उत्पादन भने शुरुवातमै नेपालमा एसेम्बल हुने छैनन्। लोकप्रीय मोडलबाट शुरु गर्ने कम्पनीको तयारी रहेको छ। ‘सायदमा हामी अपाच्चेबाट शुरु गर्छौ होला, यद्यपी यसले केही समय भने लिन्छ’ अग्रवालले सेतोपाटीसँग भने। हाल नेपालमा बजाजको डिस्कभर मोडलका मोटरसाइकल नेपालमा एसेम्बल भइरहेका छन्।

नेपालमै एसेम्बल भएपछि मूल्यमा केही सस्तो र रोजगारी सिर्जनामा योगदान पुग्ने कम्पनीको विश्वास रहेको छ।नेपालमै एसेम्बल भएका मोटरसाइकल तथा स्कुटर नेपाली बजारमै खपत हुने अवस्था जुनजुन मोडलको आउछ त्यसको उत्पादन शुरु गर्ने कम्पनीले जानकारी दिएको छ। नेपालमा होटल, स्टिल तथा सिमेन्ट उत्पादन गरिरहेको शंकर ग्रुपले मोटरसाइकल पनि एसेम्बल गर्ने योजना अघि सारेको छ।Setopati