‘रातो टिका निधारमा’ छायाँकन जेठ १० गतेबाट सुरु हुने

111

जेठ ६,
काठमाडौँ । अशोक शर्माले निर्माण तथा निर्देशन गर्ने फिल्म ‘रातो टिका निधारमा’को औपचारिक घोषणा गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको घोषणा गरिएको हो । अशोक शर्माले यो फिल्म मार्फत छोरा अंकित शर्मालाई नायकको रुपमा डेब्यु गराउदै छन् ।
अंकितले मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्षमा ब्याच्लर पास गरिसकेका छन् । फिल्म क्षेत्रमा ल्याउन सहि समय आएकोले फिल्ममा अनुबन्धित गराएको अशोक शर्माको भनाई छ । यो फिल्मलाई छोराले पुर्ण न्याय दिने निर्देशक शर्माको विश्वास छ । फिल्ममा अंकितसगैं साम्राज्ञी राज्यलक्ष्मी शाह, निता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ, खुश्बु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठ लगायत कलाकारको पनि अभिनय रहनेछ ।

आगामी दशैँमा रिलिज गरिने फिल्मको छायांकन जेठ १० गतेबाट सुरु हुनेछ । यो फिल्मको नाम ‘अल्लारे’ फिल्ममा समावेशी गीत ‘रातो टिका निधारमा’बाट तय गरिएको हो । फिल्मको छायांकन यसै गीतलाई रि–एरेन्ज गरेर सुरु गर्न निर्देशक शर्माले जानकारी दिए । यसको ओर्जिनल भर्सनमा राजेश हमाल र करिश्मा मानन्धरले नृत्य प्रस्तुत गरेका थिए । किरण शर्मा र कृति शर्माले निर्माण गरेको फिल्ममा शम्भुजित बाँस्कोटा र कल्याण सिंहको संगीत, बसन्त श्रेष्ठको कोरियोग्राफी, पुरुषोत्तम प्रधानको छायांकन, मित्र देव गुरुङको सम्पादन रहनेछ ।ramailochha.com