एटीएम मेसिनमा ३० दिनभित्र नेपाली भाषा अनिवार्य राख्न निर्देशन

367

जेठ ६,
काठमाडौँ । अब बैङ्कहरुले आफ्नो एटीएम मेरिनमा नेपाली भाषा पनि प्रयोग गर्न मिल्ने बनाउनुपर्ने भएको छ । एटीएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैङ्कले बैङ्कहरुलाई निर्देशन दिएको छ । केही बैङ्क तथा वित्तिय संस्थाले एटीएममा अंग्रेजी भाषा मात्र राखेको गुनासो राष्ट्र बैङ्क पुगेपछि केन्द्रिय बैङ्कले ३० दिनभित्र नेपाली भाषा प्रयोग गर्न सकिने बनाउन निर्देशन दिएको हो ।

३० दिनभित्र एटीएम मेसिनहरुमा नेपाली भाषा राखी केन्द्रीय बैङ्कलाई सो बारे जानकारी गराउनुपर्नेछ ।नेपाल राष्ट्र बैङ्क भुक्तानी प्रणाली विभागले आइतबार बैङ्क तथा वित्तिय संस्थालाई सुचना जारी गरी नेपाली भाषा राख्न भनेको हो ।