नेप्से ९ अंकले घट्यो, १ अर्ब २२ करोड बराबरको कारोबार

43

जेठ ६,
काठमाडौँ । साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । नेप्से ९.१३ अंकले घटेर १,३०७.७१ अंकमा कायम भएको छ । बजार घटे पनि कारोबार रकम भन १ अर्ब नाघेको छ । हाइड्रोपावर र अन्य बाहेक सबै उपसुचक घटेका छन् । सबेभन्दा धेरै निर्जीवन बीमा समुह १ सय १९ अंकले घटेको छ ।
दिनभरिमा १ सय ७२ वटा कम्पनीको ३३ लाख ९८ हजार ६ सय ८० कित्ता शेयर १२ हजार ९ पटक खरिदविक्री हुँदा १ अर्ब २२ करोड ५ लाख ७४ हजार ८५ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको २५ करोडभन्दा बढीको कारोबार भएको छ भने नेपाल बैंकको २३ करोड २१ लाख ९५ हजार ४ सय ९८ रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ९९ अंकले घटेर २ सय ७९ दशलमव ८० अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कर्पोरेट डेभलपमेन्ट बेंक, मल्टिपर्पोज फाइनान्स, सिन्धु विकास बैंक, वेष्ट फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन भने पाँचथर पावर कम्पनी र मिथिला लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ७ प्रतिशतका दरले गुमाएका छन् ।