नौ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा फेला

91

जेठ ७,
पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँपालिकाको वडा नम्बर ७ मा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको छ । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन ।

युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ । आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको छ ।