विराजको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा

76

जेठ ७,
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दुई मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा गरेको छ । राष्ट्रिय टोलीका स्विडिस मुख्य प्रशिक्षक योहान कालिनले सोमबार विराज महर्जनको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रशिक्षक कालिनले दुई साताको प्रारम्भिक चरणको प्रशिक्षणपछि एकैपटक २३ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रारम्भिक चरणमा ४२ खेलाडीलाई प्रशिक्षणमा बोलाइएको थियो ।

२३ सदस्यीय टोलीमा अभिषेक रिजालले पहिलोपटक स्थान बनाउन सफल हुँदा उपकप्तान भरत खवास र विमल घर्तीमगर, मिडफिल्डर हेमन गुरुङ र गोलरक्षक विशाल श्रेष्ठले टोलीमा स्थान बनाउन सकेनन् । यस्तै, कमल श्रेष्ठ, दिनेश राजवंशी र अस्ट्रेलियामा व्यावसायिक फुटबल खेलिरहेका जगजित श्रेष्ठले टोलीमा स्थान बनाउन सकेनन् । नेपालले मलेसिया र चाइनिज ताइपेइसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । नेपालले मलेसियासँग २ जुनमा क्वालालम्पुरमा र ६ जुनमा ताइवानसँग ताइवानमा मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । नेपालले सन् २०२२ को विश्वकपको दोस्रो चरणको खेलको तयारीस्वरूप दुई मैत्रीपूर्ण खेल खेल्ने तयारीमा छ ।

टोलीका प्रशिक्षक योहान कालिनले टिम छनोट निकै टफ भएको र केही महŒवपूर्ण खेलाडीहरू पूर्ण रूपमा फिट नभएका कारण टोलीमा पर्न नसकेको बताएका छन् । विमल, हेमन र भरत गत साता विश्राममा रहेर पछिल्लो केही दिन हल्का प्रशिक्षणमा सामेल भएका थिए ।

‘विमल, भरत र हेमन पूर्ण रूपमा फिट थिएनन् । हामीले दुई महŒवपूर्ण खेल खेल्दै छौं । उचित विकल्प रहेकाले उनीहरूलाई विश्राम दिएका हौं ।’ प्रशिक्षक कालिनले भने, ‘पछिल्लो खेलबाट युवा खेलाडीहरू पनि समावेश भएपछि प्रशिक्षण निकै राम्रो टफ बनेको थियो । हामी दीर्घकालीन रूपमा टोली तयार पार्ने योजनमा छौं । केही नयाँ खेलाडीको आगमनले यसमा सहयोग पुगेको छ ।’rajdhanidaily