नेप्से सामान्य ५ अंकले बढ्यो

95

जेठ ७,
काठमाडौँ । शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से ४.४२ अंकले बढेर १,३१२.१४ अंकमा कायम भएको छ । उत्पादनमुलक, माइक्रोफाइनान्स र अन्य बाहेक सबै उपसुचक बढेका छन् । सबैभन्दा धेरै हाइड्रोपावर समुह ६४ अंकले बढेको छ । दिनभरिमा १ सय ७३ वटा कम्पनीको ३१ लाख २ हजार २ सय ८४ कित्ता शेयर खरिदविक्री हुँदा ८१ करोड ४४ लाख ५२ हजार २ सय ६७ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको ८ करोडमाथिको कारोबार भएको छ ।

त्यस्तै गरी ‘क’ वर्गका कम्पनीहरुको मापन सेन्सेटिभ परिसुचक शुन्य दशमलव ११ अंकले बढेर २ सय ७९ दशलमव ९१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । शिवम् सिमेन्टको ६ करोड र बुटवल पावरको ५ करोडमाथिको कारोबार भएको छ । अपर तामाकोशी र सानिमा माई हाइड्रोको ४ कारोडभन्दा बढीको कारोबार भएको छ । प्राइम कमर्सियल बैंकको २ करोडमाथिको कारोबार भएको छ । एनआईस िएशिया, प्रभु बैंक र नेपाल टेलिकमको १ करोडभन्दा बढीको कारोबार भएको छ । मल्टिपर्पोज फाइनान्स, अपर तामाकोशी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स फाइनान्स र सपोर्ट माइक्रोफाइनान्सका शेयरधनीले सबैभन्दा धेरै ९ प्रतिशतका दरले कमाएका छन् भने समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी ७ प्रतिशतका दरले गुमाएका छन् ।