Home पत्रपत्रिका अथाह सम्पत्ति, न्यून आय

अथाह सम्पत्ति, न्यून आय

0

८ जेठ,
काठमाडौं । तत्कालीन राजा वीरेन्द्र र उनको परिवारका नाममा खर्बौंको सम्पत्ति छ। तर थोरैको मात्र उपयोग भएको छ। काठमाडौं उपत्यकाभित्र रहेका मूल्यवान सम्पत्ति व्यावसायिक प्रतिष्ठानलाई दिइएको छ। अधिकांश राजाकै पालामा प्रतिष्ठानलाई दिइएको थियो। वीरेन्द्रको सम्पत्ति संरक्षणको जिम्मा पाएको नेपाल ट्रस्टले लिजरभाडाबापत बर्सेनि ७ करोड रुपैयाँ उठाउँदै आएको छ। राजा वीरेन्द्रकै पालादेखि लिजमा लिएका धेरैजसोको अवधिसमेत सकिन लागेको छ। ‘धेरैमा ६र७ वर्ष छ, केहीको सकिनै लागिसकेको छ’, ट्रस्टका सूचना अधिकारी अमृत महर्जनले बताए। ०६४ सालमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य र उनको परिवारको सम्पत्ति राष्ट्रियकरण गरी शिक्षा र स्वास्थ्य क्षेत्रमा उपयोग गर्ने भनिए पनि व्यापारिक तथा व्यावसायिक प्रतिष्ठानका लिजको अवधि बीचमा थपिएको थियो।

उनका अनुसार गोकर्ण फरेस्ट रिसोर्टले सबैभन्दा बढी रकम तिरिरहेको छ। २ हजार ९ सय ७१ रोपनी ६ आना ३ पैसा १ दाम उपयोग गरिरहेको उसले वार्षिक २ लाख ४० हजार अमेरिकी डलर (२ करोड ६४ लाख रुपैयाँ) ट्रस्टलाई बुझाउँछ। एलएम सुविर ब्रदर्श (नेपालं) प्रालि र यति होडल्डिङ्स प्रालिले सन १९९५ अगस्ट १६ देखि २०२५ अगस्ट १५ सम्म ३० वर्ष लिजमा लिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here