सलमानको नक्कल गर्दै बडिगार्ड ‘शेरा’को भिडियो

132

एजेन्सी, जेठ ८,
काठमाडौँ । सलमान खानका बडिगार्ड शेरा हालै आफ्नो भिडियोलाई लिएर चर्चामा आए । शेराले भिडियो इन्स्टाग्राममा सेयर गरेका थिए । उनी एक व्यक्तिलाई जिममा कसरत गराउन कोसिस गरिरहेका थिए । भिडियो फन्नी भएका कारण चर्चामा आएको थियो । शेरा सलमान खानले जसरी अभिनय गर्ने कोसिस गरिरहेका छन् । शेरा सलमानको सबैभन्दा विश्वासिला बडिगार्ड हुन् । उनी इन्स्टाग्राममा पनि खुब एक्टिभ छन् । शेराको इन्स्टाग्राम अकाउन्ट ‘विइङशेरा’ हो भने सलमानको ‘विइङसलमानखान’ हो । शेरा सलमानका हरेक कुरा फलो गर्छन् । सलमानलाई जसरी शेरालाई पनि फिट रहने र जिम गर्ने सौख छ । शेरा सलमानले जसरी नै ‘रोयल लाइफ’ बाँचिरहेका छन् । उनको जीवन कुनै सेलेब्रिटीभन्दा कम छैन ।

सलमानका बडिगार्ड शेराको मासिक तलब प्रतिमहिना १५ लाख भारु छ । सलमानको फिल्म शेराको जीवनबाट पनि प्रेरित थियो । शेराले अमिताभ बच्चनजस्ता कलाकारको पनि सुरक्षा दिइसकेका छन् । शेराको एक छोरा टाइगर हुन् । सलमान टाइगरलाई भतिजा मान्छन् । सलमान टाइगरलाई बलिउडमा लन्च गराउने तयारीमा पनि छन् ।