मिडिया काउन्सिल विधेयक संसदबाट पारित त के प्रवेश गर्न पनि दिदैनौँ : काँग्रेस

89

जेठ ८,
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारले संसदमा दर्ता गरेको मिडिया काउन्सिल विधेयक संसदमा प्रवेश गर्न नदिने चेतावनी दिएको छ ।
बुधबार सुरु भएको संसद बैठकमा सरकारले मिडिया काउन्सिल विधेक संविधानको मूल्य मान्यतालाई लत्याउँदै संसदबाट जबरजस्ती पेस गर्न लागेको भन्दै असहमति जनाएको थियो । संसदमा प्रमुख प्रतिपक्ष दल उठेर अवरोध गरेपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद पुष्पा भुसाललाई बोल्ने समय दिएका थिए ।

संसदमा बोल्दै सांसद पुष्पा भुसालले पेस गर्न लागिएको मिडिया काउन्सिल विधेयक प्रत्रकारको कलम दबाउन खोजिएको भन्दै सरकारलाई आरोप लगाईन् । उनले भनिन्, ‘मिडिया काउन्सिल विधेयकले जनताको हकहित र नागरिकको स्वतन्त्रमाथि प्रश्न उठाएको छ । हामीले यस्तो विधेयक संसदबाट पारित त के प्रवेश गर्न पनि दिदैनौँ ।’ अहिले मिडिया काउन्सिल विधेकको देशभर विरोध भइरहेको छ ।