मुलुकमा व्यवस्था फेरियो तर गरिब जनताको अवस्था फेरिएन

268

जेठ ८, काठमाडौँ,

सिबि क्षेत्री प्रबेग-राष्ट्र निर्माण बिकास संकल्प अभिलाषाहरु जति किन्तु परन्तु परिवर्तन गर्न्र चाहे पनि अवस्था चाहिँ बल्जिएरहेको छ। इतिहासका काला अक्षरहरुलाइ गौण गरि निहाल्दा नेपाल एउटा गरिब मुलुक हो जहाँ गरिबी ब्याप्त रूपमा बल्जिएको छ । देश नेपाल गरिबिको भु रेखामुनि रह्यो नेपाली जनता त्यही गरिबिको भकारिमा थुपरिनु परेको छ।

नेपालको पर दृष्टि राजनीतिक लाई हेर्दा एक सय चार वर्ष नेपाली जनताहरुलार्इ जहानिय निरकुश राणा शासकहरुले पिचडाको खोरमा सुगा झै थुनाएर राखे जनताहरु अशिक्षित र गरिबिले ब्याप्त हुँदा हरेक दुंख यातना भोग्नु पर्यो फेरि निरकुस्तालार्इ जनताहरुकै बलिदानी बाट आर्यघाट सम्म अन्त्यस्टि गरियो ।मुलुकमा प्रजातन्त्रको उदय भएपछि जनताहरुलार्इ ध्येय राखी राजनीति संस्थाहरु खोलिए जो कि जनताहरु कै सम्बन्ध रुपरेखा मा बाधियो । राजनीति एउटा यस्तो संस्था हो अन्यायमा परेका निमुखा जनताहरुको न्यायको निम्ति गरिबिले ब्याप्त गरिबी जनताहरुलाइं उकास्नको देशको कायपलट निम्ति सोच्छ तरिकाले उत्तरदायी हुनको लागि राजनीति सस्था आबद्ध भएर कार्य थालनी हुन सक्नेको लागि स्वच्छ सस्था हो ।

नेपालमा हरेक ब्यबस्थाहरु परिवर्तन भए तर गरिबिको मारमा परेका नेपाली जनताहरुको जीवन स्तर परिवर्तन हुन सकेन ।निरकुस्ताको जरो उखेल्न गरिबको मारमा परेका जनताहरुको जीवन परिवर्तन ल्याउनकै लागि बिपि कोइरालाले नेपाली कांग्रेस पार्टीको स्थापन गरेर राजनीति मुलधारमा आएर हरेक लोकतान्त्रिक लडाइँको आहुतिमा योगदान गरेको छ । बिपिको लोकप्रियतालाइ देखेर संघर्ष गरेर जनता निहित ल्याएको लोकतान्त्रिक राज्यब्यबस्थालाई राजाले बलात्कार गरेर आफ्नो खोपिमा सजाएर राखे । फेरि जनताहरु लाई कुवाको भ्यागुतो झै जिउन बिबश हुनुपर्यो बिकासका गतिहरु जनताहरुको आकाक्षाहरुमा ताला लाग्यो । जनताहरुको निम्ति योगदान गरेको एउटा लामो इतिहासमा समर्पित कांग्रेस फेरि पनि राजाले बलात्कार गरेको प्रजातान्त्रिक ब्यबस्थालाइ फर्काउनको लागि धेरै सर्घष र बलिदानी गर्नु पर्यो । बलिदानी बाटनै नेपाली कांग्रेसको योगदानले पुन प्रजातन्त्र बहाली भयो प्रजातन्त्रको जन्म लगतै जनताहरुको अपेक्षा सकल्पहरु नगदी होलान भने आशाबादी थियो । तर परिवर्तनको बहाब लाई नेपाली जनताहरुले महशुल गर्न्र अबस्थामा खासै देखिएन । मुलुकमा राजनीति प्रबाह नेताहरूको साढे जुदाहाको खेलले गर्दा बिकास र समृद्धिमा तुहालो लागे जस्तो छ ।

लोकतान्त्रिकमा योगदान गरेको कांग्रेसले हरेक पटकको उपलब्धिहरुलार्इ जोगाउन नसक्दा नेपाली जनताका परिकल्पना अपेक्षाहरु सिथलिएका छ्न ।
बि पि कोइरालाका सैद्धान्तिक एजेन्डा बोकेका नेपालीकांग्रेसका योद्धाहरुले कांग्रेसको सैद्धान्तिक धरातल लाई बचाएर नेपाली जनताहरुको घाउमा पलम पटि लगाउनु पर्ने अवस्था आएको छ । एउटा जिम्मेवार पार्टी नेपाली गरिब जनताहरुकै आवश्यकता लागि जन्माएको पार्टी नेपाली जनताहरुकै निम्ति समर्पित हुन जरुरी छ । युग परिवर्तन भयो ब्यबस्था परिवर्तन भयो लोकतान्त्रिक पद्धति लागू भयो । तर गरिब जनताहरुको रुपरेखा स्वरुप फेरिएन यसको मद्देनजर नेपाली कांग्रेसले गर्नु पर्ने भएको छ । सस्तो लोकप्रियता भ्रमको छहारी छरेर दुई तिहाइको दम्ब बनाएको कम्युनिष्ट सरकार जनाताहरु प्रती अनुदार देखिएको छ । देशमा कम्युनिष्ट सरकार आएदेखी भ्रष्टाचार बलात्कार हत्या हिङसाले तिब्र रुप लिएको हुँदा नेपाली जनताहरुको अपेक्षाहरु निराशाजनक हुदैछ्न । अधिनायकवाद उन्मुख कम्युनिष्ट सरकार बाट अपेक्षा लिन सकिने वाला छैन ।जनताहरुको रुपरेखा बदल्न चरीत्र बदलेर नेपाली कांग्रेसका नेताहरू उत्तरदायी हुन जरुरी छ । जनता निहित कांग्रेस अब सान्दर्भिक कांग्रेस भएर नेपाली जनताहरुको रुपरेखा बदल्नु आजको आवश्यकता हो।