चर्चित व्यक्तिका गोप्य डाटा लिक

180

अनलाइनखबर
जेठ ८,
लाखौँ सेलिब्रेटी तथा प्रभावशाली व्यक्तिहरुका व्यक्तिगत डाटाहरु इन्स्टाग्राममार्फत लिक भएका छन् ।
भारतको मुम्बइस्थित सोसल मिडिया मार्केटिङ कम्पनी Chtrbox ले ४ करोड ९० लाख भन्दा धेरै हाइ प्रोफाइल इन्स्टाग्राम प्रयोगकर्तााक डाटाबेस लिक गराएको हो । त्यसरी पर्सनल डाटा लिक भएका हाइप्रोफाइल प्रयोगकर्ताहरुमा चर्चित फूड ब्लगर देखि लोकप्रिइ सेलिब्रेटीहरु र सोसल मिडियाका प्रभावशाली व्यक्तिहरु समेत रहेका छन् । टेकक्रन्चले आफ्नो रिपोर्टमा यस बारेमा जानकारी दिएको छ । डाटा लिक भएका प्रयोगकर्ताका फलोअर्सको संख्या, बायो, पब्लिक डाटा, प्रोफाइल पिक्चर, लोकेसन तथा व्यक्तिगत सम्पर्क नम्बर लगायतका जानकारीहरु रहेका छन् ।

समाचार प्रकाशन भएसँगै ऋजबतचदयह ले तुरुन्तै ती डाटाबेसलाई अफलाइन गरिदिएको छ । प्रयोगकर्ताका डाटा एक्सपोज गर्ने ऋजबतचदयह ले आफ्नो अकाउन्टमा प्रायोजित सामाग्रीलाई पोष्ट गर्नका लागि प्रभावशाली व्यक्तित्वहरुलाई पैसा दिने गर्दछ । करोडौँ प्रायेगकर्ताका डाटा लिक भएको खबर सार्वजनिक भएसँगै इन्स्टाग्रामको मातृ कम्पनी फेसबुकले यस विषयमा छानविन भैरहेको जनाएको छ ।
एजेन्सी