गीत बन्न २ हजार ५ सय बढी युवतीको आवदेन

128

जेठ १०,
काठमाडौँ । फिल्म ‘प्रेम गीत ३’ मा मुख्य नायिका बन्नका लागी २ हजार ७ सय १४ जना युवतीले आवेदन दिएका छन् । आसुसेन फिल्म्स प्रोडक्सनले फिल्मको मुख्य क्यारेक्टर गीतका लागी आसुसेन फिल्मस डट कम तथा आसुसेनको अफिसियल इमेलमा इच्छुकहरुबाट आबेदन मागेको थियो । आवेदन दिएकाहरु मध्येबाट उत्कृष्ट २५ जना युवतीलाई अडिसनका लागि छनौट गरिएको छ । निर्माता तथा निर्देशक सन्तोष सेन, निर्देशक छेतेन गुरुङ, सिनेम्याटोग्राफर राजेश श्रेष्ठ लगायतको टिमले २७ सय १४ जनाबाट उत्कृष्ट २५ छानेको हो । अब, उत्कृष्ट २५ बाट अभिनेत्री अर्थात फिल्मको ‘गीत’ पात्रका लागि एक जना छनौट गरिनेछ । छनौट गर्न लागिएकी युवतीबाट फिल्म भित्रको पात्रको चरित्र, लुक्स, उचाई, अभिनय शैली, सुन्दरता लगायतलाई ध्यान दिइने निर्माता सन्तोष सेनले जानकारी दिए । ‘प्रेमको जोडि अर्थात ‘गीत’ को लागि आएका आवेदन अधिकांश आकर्षक हुनुहुन्थ्यो, उहाँहरुबाट उत्कृष्ट २५ छान्न हामिलाई निकै हम्मे–हम्मे समेत परेको थियो’, निर्माता सेन भन्छन् ।

‘प्रेम गीत’ मा प्रदीप खड्कासँग नायिका पूजा शर्मा र ‘प्रेम गीत २’ मा नव-नायिका अश्लेषा ठकुरीले गीतको भूमिका निर्वाह गरेका थिए । अब निर्माण हुन लागेको फिल्म ‘प्रेम गीत ३’ मा नयाँ लुक्सलाई भित्राउने तयारी गरेको बताउँदै उत्कृष्ट २५ मा छानिएका ईच्छुकहरुलाई आसुसेन टिमले फोन सम्पर्क गरेर बोलाउँने निर्माता सेनको भनाई छ । ‘उनीहरुबाट एक जनालाई क्षमता, लुक्स, उचाई, सुन्दरताको मापन गरेर गीत क्यारेक्टरमा छान्नेछौं, सेनको भनाई छ । फिल्म ‘प्रेम गीत ३’ आगामी चैत्र २८ गते अल नेपाल प्रदर्शन हुने घोषणा गरिएको छ ।-ramailochha.com