सर्दा सर्दै साउन १७मा ‘न यता न उता’

192

जेठ १२,
काठमाडौँ । फिल्म ‘न यता न उता’ आगामी साउन १७ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्मको प्रर्दशन मिती पक्का गरेसँगै निर्माण ‘न यता न उता’ बोलको शिर्ष गीत पनि गरेको छ ।गीतको भिडियो हेर्नुस् :

सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् । फिल्मको सार्वजनिक गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।

‘न यता न उता’मा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय रहेको छ । सिनेमालाई विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेका हुन् ।ramailochha.com