दलित समुदायको लागि आएको बजेट अन्तै लगानी

632

लाल बहादुर विक
फागुन २५,
अछाम । राज्यले दलित समुदायका लागि लक्षित गरी छुट्याएको वजेट अछामका दलित समुदायले नपाएको गुनासो गरेका छन । गाविस, नगरपालिका र जिल्ला विकास समिति लगायत सरकारी निकायबाट छुटइएको बजेट आफुहरुले नपाएको गुनासो गरेका हुन् ।
वडा देखि जिल्ला विकाससम्मले दलितका लागि छुट्याएको रकम प्रकृयाका लागि मात्र वजेट छुट्याउने गरेको तर प्रयोग अन्य विकासका काममा भैरहेको दलित नेटवर्कका अध्यक्ष लक्ष्मण परियारले वताए ।
दलित समुदायका लागि छुट्याउने १५ प्रतिसत वजेट आफुले दलितकै हकहितका लागि खर्च गर्न माग गर्दा उल्टै समाजका जानकारहरु दलितलाई खानेपानी व्यवस्था , शिक्षा, सडक जस्ता विकासका पुर्वाधार केही नचाहिने भन्दै थर्काउने गरेको अध्यक्ष परियारको दावी छ । ‘धेरै पटक गाविसमा भनेको छु , तर किन चाहियो बजेट भनेर गाली गर्छन् ,’उनले भने ।
राज्यले दलित, महिला, वालवालिका, एकल महिला, युवाहरुका लागि निश्चित प्रतिसत रकमको व्यवस्था गरेको भए पनि गाविस तथा नगर परिषदले त्यो वजेटलाई लक्षित समु्दायलाई आएको बजेट सदुपयोग गर्ने सकेको छैन । लक्षित समुदायलाई आएको बजेट उनीहरुमा खर्च नगरी विभिन्न विकास निर्माणमा खर्च गर्दा यी समुदायहरु आफ्नो लागि आएको बजेटबाट सधै बञ्चित हुनु परेको परियारको दावी छ ।
दलित समुदायको आर्थिक स्थिति सुधारमा सहयोग पुग्ने खालका तालिम, आयआर्जनका गतिविधि संचालनका लागि दिएको वजेट सम्वन्धीत समुदयको हक र हितका लागि आवश्यक रहेको दलित अधिकारकर्मी मनविर सुनारले बताए । ‘हाम्रो लागि आउने बजेट अरु ठाउँमा जान्छ् , अनि कहाँबाट हाम्रो विकास हुन्छ ’,उनले भने ।
प्रयोग गरिनु अति जरुरी भएको भए पनि किन पाउदैन्न दलितहरुले एक चोटी सरकारले यो कुरा सोच्न जरुरी छ । हामिले कहाँ गएर अधिकार खोज्ने भन्दै दुखेसो पोख्दै बताए । कहिले सम्म पाउछन त दलितहरुले यो रकम भन्ने आफुलाई चिन्ता बढिरहेको पनि बताए ।