अमृता भइन ‘नुमाफुङ’

4025

जानू काम्बाङ्ग लिङ्ग्देन
फागुन २५,
बेलायत । गायिका अमृता सम्बाहाम्फे लिम्बू ‘नुमाफुङ’ अर्थात् सुन्दर फूल बनेकी छन् । आफ्नै स्वर रहेको गीतको भिडियोमा उनी ‘नुमाफुङ’ बनेकी हुन् । गायन करिअरलाई अगाडि बढाइरहेकी यी गायिकाले एक गीतको भिडियोमा मोडलिङ आफैले गरेकी हुन् । ‘म त नुमाफुङ पो त’ बोल गीतको भिडियोमा अमृता पछिल्लो समयका चर्चित मोडल निराजन प्रधानसँग देखिँने भएकी छिन् । यो गीत अमृताकै आउन लागेको एल्बम अमृताको हो । पाँचथर रानी गाँउमा जन्मीएकी अमृता लिम्बु विगत ४ वर्ष देखि नेपाली संगितिक क्षेत्रमा पूर्वी पहाडी क्षेत्रबाट गायीका तथा मोडलको रुपमा उदाउदो तारा हुन् । केही समय अगाडी सम्म ३० वटा भन्दा वढी गित गाई सकेकी अमृताले केही नेपाली फिल्मीमा समेत गित गायकी छिन् । ५० को दर्शकमा स्थापना भएर १० बर्षे सशस्त्र दन्द्धको कारणले विस्थापित भई हाल पुनः स्थापना हुन लागेको नमस्ते रेकर्डीङ्ग स्टुडियो डिल्लीबजारको सहयोगमा अमृताको म त नुमाफुंग सुन्दर फूल पो त भन्ने बोलको गितको म्यूजिक भिडियो हालै मात्र ललितपुरको गोदावरीमा छायाँकन सकिएको छ । एउटा केटीले आफ्नो प्रेमीलाई आकर्षण गर्न अपनाएको रोमान्ञ्चक दृष्य देख्न सकिने उक्त भिडीयो युगल लिम्बुले निर्देशन गरेका छन् भने उक्त भिडीयोलाई दिपेन्द्र भट्टले खिचेका छन् । अर्जुन पोखरेल द्धरा संगित बद्ध उक्त गितमा जानु काम्बाङ्ग लिम्बुको शब्द रहेको छ । आफ्नो गायनमा आफैले मोर्डलिङ्ग गर्न उत्रिएकी ५ फिट १ ईन्च अग्ली २२ वर्षिय अमृता भन्छीन् देश विदेशबाट पनि कार्यक्रमहरुमा सहभागिता जनाउनको लागि अफर आईरहेको, र आफु चाडै नै हङ्गकङ्ग जान लागेको र उतै आफ्नो पहिलो एल्वम अमृता को पनि एक भब्य कार्यक्रमका विच विमोचन हुने उनले बताईन् । उनको यो अल्बममा जम्मा ८ ओटा गीतहरु समाबेश हुने पनि बताएकी छिन् ।
एल्बममा, तारा प्रकाश लिम्बु, उतम जंग लिम्बु, शिखर शन्तोष, अर्जुन पोख्रेल, हरि लम्साल, सुमन राई र बिनोद खम्बु आदिको संगीत रहेका छन् भने जानू काम्बाङ्ग लिङ्ग्देन, सिता सेरचन, मुकेश राई, बिर्सिका राई, स्वप्निल लिम्बु आदिका सब्द रहने छ । विभिन्न सामाजिक संधसंस्था संग आवद्ध भई काम गरी सकेकी अमृता कुनै पनि सामाजिक तथा राष्ट्रिय पहिचानको कामलाई आर्थिक उपार्जनको हिसावले सोच्न नहुने वताउछिन् । जनजाति परिवारमा हुर्केर उच्च शिक्षा हासिल गरिसकेकी उनी राम्रो नृत्य निर्देशिका पनि हुन् । विभिन्न कार्यक्रममा सधै ब्यस्त रहने अमृता लिम्बुलाई यो क्षेत्रमा आउन घरपरिवार तथा साथी संगिनीहरुवाट राम्रौ साथ मिलेको बताउँछिन् । फुर्सदको समयमा पत्रपत्रिका पढ्ने, गित संगित सुन्ने, नाच्ने तथा गाउने प्रबृतिकी अमृता विभिन्न नाटक तथा नृत्यको पनि तालिममा व्यस्थ रहेकि छिन् अमृता हाल मैतिदेवि काठमाडौंमा बस्दै आईरहेकी छिन् । उनलाई नयाँ नेपाल न्युजको तर्फबाट सफलताको कामना ।