कालिमाटी भ्यान समितिमा पून पदम

627

फागुन २६,
काठमाण्डौ । कलिमाटी तरकारी तथा फलफूल ढुवानी भ्यान मजदुर व्यवसायी समितिको शुक्रबार सम्पन्न अधिवेशनले पदम बहादुर लामालाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ । काठमाण्डौको चोभारमा सम्पन्न चौथो अधिवेशनबाट लामाको नेतृत्वमा सर्वसम्मत १३ सदसीय कार्य समिति सर्वसम्मत चयन भएको हो । जसको उपाध्यक्षमा भरत डङ्गोल महासचिवमा जोगमान लामा, सचिवमा हिरा प्रधान कोषाध्यक्षमा थुनिराम चौधरी दिपक निर्विरोध निर्वाचित भए भने कार्य समिति सदस्यहरुमा रामेश्वर महर्जन, भवनाथ ढुङ्गाना, कुमार सिं तामाङ्, नारायण श्रेष्ठ आशाकाजी नायजू, मङ्गलाल श्रेष्ठ, राजेन्द्र श्रेष्ठ, राजु बराइली छन् । त्यसै गरि पूर्व अध्यक्ष टङ्क त्रिपाठी सम्रक्षक र चक्र बहादुर के .सी .सम्योजक रहेको ७ सदसीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कार्यबहाक अध्यक्ष डोलनाथ खनालले अधिवेशनको उद्घाटन गरेका थिए । कार्मचारीहरुलाई सम्बोधन गर्दै अध्यक्ष खनालले कालिमाटी भ्यान मजदुर व्यवसायी समितिले उपत्यकाको तरकारी तथा फलफूलको ढुवानीमा महत्वपूर्ण योगदान गरेको भन्दै समितिका अध्यक्ष लामाले आफ्ना समस्या समाधान गर्न महाङ्घमा खवरदारी तथा झक्झकाउने गरेको भन्दै लामाको क्रियाशिलताको प्रशंसा गरेका थिए । महासङ्घका महासचिव सरोज सिटौलाले महासङ्घको सदस्य संस्था भ्यान समिति रहेको भन्दै सबै मिलेर यातायात क्षेत्रका समस्या समाधान गर्न लाग्नु पर्नेमा जोड दिए । कार्यक्रमलाई महासङ्घका वर्गिय संयोजक यादवलाल श्रेष्ठ केन्द्रिय सदस्य टङ्क त्रिपाठी अखिल नेपाल ट्रेड यूनियन महासङ्घका सचिव हरि डल्लाकोटी लगायतले सम्बोधन गरेका थिए ।