मेलाले अर्थतन्त्र चलायमान बनाउन ठूलो सहयोग पुर्याएको छ

303
पुष्पकमल दाहाल

नेपाल अन्तराष्ट्रिय व्यापार मेला २०७३ को समु्द्घाटन समारोहमा उपस्थित भई मेलाको समुद्घाटन सहित मेलामा सहभागी भई शुभकामनाका दुई शव्द राख्न पाउंदा निकै खुशी लागेको छ । सरकारको समेत सहयोगमा नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको यस अन्तर्राष्ट्रिय व्यापार मेलाको पूर्ण सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।
मेलामा नेपाल लगायत हाम्रा छिमेकी देशहरु भारत तथा चीन र सार्क क्षेत्रबाट वंगलादेश, पाकिस्तान, भुटान, थाइल्याण्डको समेतको प्रत्यक्ष सहभागिता रहेकाले यसबाट नेपाल र ती देशहरु बीचको आर्थिक सम्बन्ध थप प्रगाढ हुने विश्वास लिएको छु । यस्ता मेलाले आयोजक र सहभागी राष्ट्रहरु बीचको आर्थिक व्यवसायिक सम्बन्ध विस्तारलाई प्रगाढ बनाउनुका साथै व्यापारिक साझेदारीका सम्भाव्यता खोजी गर्न समेत मद्दत पुर्याउने मेरो विश्वास छ ।
अन्तराष्ट्रिय व्यापार मेलाले नेपाललाई अन्तर्राष्ट्रिय मंचमा प्रवद्र्धन गर्न सघाउ पु¥याउने छ । नेपालमा रहेको लगानी सम्भाव्यता तथा प्रचुर स्रोत साधनका विषयमा बाह्य जगतमा संदेश पु¥याउन समेत मेला सहयोगी हुने छ । मेलाले रोजगारी सृजना, मुलुकको निर्यात वृद्धि, नयां वस्तु उत्पादन विस्तार, नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रवद्र्धनमा समेत मद्दत आशा लिएको छु ।
मेलामा भाग लिन आउनु भएका स्वदेशी एवं विदेशी उद्यमी व्यवसायीहरु बीच मेलाका अवसरमा हुने भेटघाट, अन्तरक्रिया, छलफल, परामर्श नेपाली उद्यमी व्यवसायीहरुका लागि आफ्ना व्यवसायिक सम्बन्ध विस्तारमा महत्वपूर्ण हुने मैले विश्वास लिएकी छु । यसबाट मनग्गे फाइदा उठाउन यहांहरुलाई सफलता मिलोस मेरो शुभकामना छ । मेलामा भाग लिन आएका विदेशी कम्पनीहरुले उपभोग गरेका प्रविधि, प्राविधिक पलयध जयध, बाह्य लगानी आकर्षणमा उनीहरुले पाएका सफलतालाई हाम्रा सन्दर्भमा पनि आकर्षण गर्न उनीहरुबाट यहांहरुले लाभ उठाउनु हुने छ भन्ने मैले विश्वास लिएको छु ।
योजनागत विकासको शुरुवात भएको लामो समयसम्म पनि हामीले मुलुकको आर्थिक विकासलाई तीव्ररुपमा अगाडी बढाउन सकेनौं । हामी यद्यपी राजनीतिक गंजागोलमै छौं । मुलुकमा आमूल राजनीतिक परिवर्तन भए पनि यसलाई संस्थागत गर्ने कार्यमा हामी प्रयासरत छौं । गत वर्ष संघीय गणतन्त्र नेपालको संविधान घोषणा भएको छ । यसलाई सफल रुपमा कार्यान्वयनका लागि सरकार सवैलाई एकसाथ लैजान निरन्तर अगाडी बढी रहेका छौं । सरकारले स्थानीय निर्वाचनको घोषणा गरिसकेको छ । यसलाई सफल रुपमा सम्पन्न गर्ने कार्यमा निजी क्षेत्रबाट समेत सरकारले ठूलो सहयोग एवं अपेक्षा गरेको छु ।
सरकार आर्थिक विकासका लागि उत्तिकै सेचत छ । आर्थिक विकासका लागि आवश्यक ऐन कानूनहरुलाई सरकारले पारित गर्ने काम निरन्तर रुपमा अगाडी बढाएको छ । महासंघ लगायत निजी क्षेत्रको सल्लाह सुझाव अनुसारनै सरकारले ती ऐन कानूनहरु ल्याएको हो । निजी क्षेत्रले माग गरेका वांकी ऐन कानून ल्याउने कार्यमा पनि सरकारले गृहकार्य गरिरहेको यहांहरु समक्ष जानकारी गराउंदछु । सरकार तपाईहरुसंग मुलुकभित्र आर्थिक उन्नती आर्थिक विकास समृद्धिका लागि कार्य गर्न अपिल गर्दछ । तपाईहरु आर्थिक विकासमा निरन्तर अगाडी बढ्नुहोस, सरकारले कहा कस्तो प्रकारको सहयोग गर्नुपर्छ मेरो पुरै सहयोग तपाईहरुलाई हुने छ ।  राजनीतिक  स्थायीत्व होला अनि आर्थिक विकासलाई अगाडी बढाउला भनेर हामी कुरेर बस्ने अवस्था अव छैन । हामी धेरै पछाडी परिसकेका छौं । अव यो भन्दा पनि पछाडी पर्ने अवस्था आउने नदिने तर्फ हामी सवै सचेत वनौं ।
महासंघले नेपाल अन्तराष्ट्रिय व्यापार मेला निरन्तर रुपमा आयोजना गर्दै आएको छ । यसले मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन समेत निकै ठूलो मद्दत पुरयाएको मैले महशुस गरेको छु । महासंघको यस प्रयासको सराहना गर्दछु । यसका लागि यसको नेतृत्वलाई विशेष धन्यवाद समेत दिन चाहान्छु । महासंघले यस वर्ष आफ्नो स्थापनाको स्वर्ण वर्ष पनि विविध कार्यक्रमका साथ मनाई रहेको जानकारी मैले पाएको छ । यस अवसरमा महासंघाई निजी क्षेत्रको सारथीको रुपमा काम गर्ने सफलता मिलोस, सरकार तथा प्रधानमन्त्रीका हैसियतले मुलुकको आर्थिक व्यवसायिक विकासमा महासंघलाई एकसाथ लैजान प्रतिवद्धता समेत जाहेर गर्दछु ।   महासंघले अन्तराष्ट्रिय व्यापार मेला मार्फत नेपाललाई वाह्य मुलुकमा व्राण्डिङ गर्ने चाहाना अनुरुप गरेको यस कार्यको सराहना गर्दछु । महासंघको यस अभियानमा यहांहरु सवैको सहयोग प्राप्त हुने विश्वास लिएको छु ।  मेलामा सहभागी हुन आउनु भएका स्वदेशी एवं विदेशी पाहुनाहरुको नेपाल वसाई सुखमय होस, आपसी व्यवसायिक सम्बन्ध विस्तारमा सफलता मिलोस भन्ने शुभकामना सहित यहांहरुबाट विदा लिन्छु ।
अन्त्यमा, आयोजक नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ सहित अन्य संघ संस्थाको यस प्रयासको सराहना गर्दै मेलाको पूर्ण सफलताका लागि पुनः एकपटक हार्दिक शुभकामना प्रकट गर्दछु ।
धन्यवाद ।
पुष्पकमल दाहालले नेपाल उद्योग बाणिज्य महासंघद्वारा आयोजित अन्तर्राष्ट्रिय व्यापार  मेला २०७३ को अवसरमा दिएको उद्घाटन मन्तव्य ।