महासंघको वस्तुगत तर्फ त्रिपक्षिय भिडन्त

331
अनुप बहादुर मल्ल

चैत्र ७ काठमाण्डौं ।
नेपाल उद्योग वाणिज्य महासंघमा विगत लामो समय देखि २ प्यानल प्रतिस्पर्धामा रहेने गरेका छन् । यस पटक पनि वरिष्ठ उपाध्यक्षका उम्मेदवार द्वय शेखर गोल्छा र किशोर कुमार प्रधानले त्यसलाई निरन्तरता दिँदैछन् । गोल्छाले हिजो वुटवलबाट प्यानलको औपचारिक घोषणा गरे भने प्रधानले भोलि गर्ने बुझिएको छ ।
यसै वीच वस्तुगत तर्फको उपाध्यक्षमा भने ३ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । सबैभन्दा पहिला गलैंचा निकासीकर्ता संघका अध्यक्ष अनुप बहादुर मल्लले ११ जनाको प्यानल सहित उम्मेदवारी घोषणा गरे भने तीन दिन अघि सिल्क एशिसयसनका अध्यक्ष शंकर प्रसाद पाण्डेको औपचारिक घोषणा भयो । हिजो वुटवलबाट औषधी उत्पादक संघका निवर्तमान अध्यक्ष उमेश लाल श्रेष्ठले घोषणा गरे । मल्ल स्वतन्त्र रुपमा, पाण्डे प्रधान प्यानल र श्रेष्ठ गोल्छा प्यानलबाट मैदानमा उत्रेका छन् ।
वस्तुगत संघमा हाल ९९ वटा संघ आवद्ध छन् । उपाध्यक्षमा सबैभन्दा पहिला उम्मेदवार घोषणा गरेका मल्ल आफूले शुरुमा स्वतन्त्र प्यानल भनेरै उम्मेदवारी घोषणा गरेकाले अन्तिम सम्म कायम हुने र निर्वाचन जित्नेमा समेत विश्वस्त रहेको बताए ।
प्रधान समूहका उम्मेदवार पाण्डे विगत १२ वर्ष देखि महासंघमा रहेकोले त्यहाँका अनुभवलाई लागु गराउन उपाध्यक्षको उम्मेदवार बनेको बताउँछन् भने गोल्छा समुहबाट उम्मेदवार बनेका श्रेष्ठ देशको आर्थिक उन्नत्ती र समृद्धीका लागि उपयूक्त वातावरण बनाउन लविङ् गर्ने बताउँछन् ।
मल्ल उत्पादन, सेवा र व्यापार तीन क्षेत्रलाई सहभागिता मुलक रुपमा अगाडि बढाएर वस्तुगत क्षेत्रलाई बलियो बनाउँदै व्यवसायीका समस्या समाधान गर्न केन्द्रित रहने भनाइ राख्छन् भने पाण्डे वस्तुगत संघ भित्र सबै प्रोडक्ट पर्ने हुँदा यो आफैंमा महासंघ जस्तै भएकाले नयाँ तरिकाले काम गरेर वस्तुगत क्षेत्रको गरिमा र हैसियत बढाउने उद्येश्य बताउँछन्। त्यस्तै प्रधान वस्तुगत संघहरुलाई उचित वातावरण मिलाउँदै आवश्यकीय सहयोग गर्ने र मुख्यतया नीतिगत कमजोरी सच्याउन लविङ् गर्ने बताउँछन् । तीन वटै उम्मेदवार आ-आफ्नो क्षेत्रमा स्थापित खारिएका छन् त्यसैले वस्तुगत तर्फका भिडन्त रोचक हुने देखिन्छ ।

अनुप बहादुर मल्ल

शंकर प्रसाद पाण्डे

उमेश लाल श्रेष्ठ