वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदको लागि दाहालको उम्मेदवारी घोषणा

374

चैत १४,सुर्खेत ।
विभिन्न राजनीतिक दलहरु वडादेखि नगरपालिकासम्म कसलाई उम्मेदवार बनाउने भनेर अन्तरक्रियामा जुटिरहेका बेला प्रदेश नं ६ को राजधानीको रुपमा प्रस्तावित सुर्खेत वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदको लागि भने औपचारिक रुपमा गेहेन्द्र प्रसाद दाहालले आफ्नो उम्मेदवारको घोषणा गरेका छन् ।
आज रफत सञ्चार क्लब सुर्खेतको आयोजनामा भएको साक्षात्कार कार्यक्रममा नेपाली काँग्रेसको तर्फबाट नभई स्वतन्त्र नागरिकको हैसियतले आफ्नो उम्मेदवारी घोषणा गरेको उनले बताए ।
सञ्चारकर्मीहरुलाई आजकै मितिबाट नेपाली काँग्रेस समेत परित्याग गरेको जानकारी गराउँदै सबैको अपनत्व हुने र सबैलाई स्वीकार्य हुने स्वतन्त्र नागरिकको तर्फबाट वीरेन्द्रनगर नगरपालिकाको प्रमुखको रुपमा आफुले उम्मेदवारी घोषणा गरेको जानकारी दिए। उनले जुन दलले निर्वाचन जित्यो त्यो दल बाहेक अरुलाई निधेष गर्ने प्रबृत्तिको अन्त्य गरी समाज सबैको जित सुरक्षित गर्नका लागि, अहिलेको कुरुप नगरपालिकालाई सुन्दर दुलही झैँ नगर बनाउनका लागि आफूले उम्मेदवारी घोषणा गरेको बताए । दाहालले यदि आफू नगरपालिका प्रमुखमा निर्वाचित भए, जनताले तिरेको करबाट एक पैसा पनि पारिश्रमिक नलिने घोषणा गरे ।कार्यक्रम रफत सञ्चार क्लब सुर्खेतका अध्यक्ष खगेन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण सचिव सविता जि.सी.ले गरेकी थिइन् ।