लोकतान्त्रिक फोरम ५ औं ठूलो दल, ३ दल बीच पार्टी एकता

518

चैत्र २३, काठमाडौं ।
नेपाल लोकतान्त्रिक फोरम व्यवस्थापिका संसदमा रहेका राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) र दलित जनजाती पार्टी नेपाल बीच आज एक कार्यक्रमका बीच पार्टी एकता भएपछि संसदमा १७ सदस्य सहित ५ औं ठूलो दल भएको छ । यस सँगै व्यवस्थापिका संसदमा दलहरुको संख्या २७ मा झरेको छ । संसदमा राष्ट्रिय जनमुक्ति पार्टीका २ र दलित जनजाती पार्टीका १ सदस्य रहेका थिए । राजधानीमा सम्पन्न पार्टी एकता सभामा फोरम लोकतान्त्रिकका अध्यक्ष विजय कुमार गच्छदार राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष शिवलाल थापा र दलित जनजाती पार्टीका अध्यक्ष यशोधा कुमारी लामाले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पार्टी एकताको घोषणा गरेका हुन् ।