भक्तपुरमा आइतबारदेखि यस्तो नियम लागू हुदैँ छ

असार ८,
भक्तपुर । जिल्ला प्रशासन कार्यालय भक्तपुर आइतबारदेखि सार्वजनिक स्थानमा धुम्रपान गर्नेलाई कडाई गर्ने भएको छ ।
धुम्रपान गर्ने मात्र होइन सार्वजनिक स्थानको १ सय मिटर वरपर सूर्तीजन्य पर्दाथको बिक्रि वितरण गर्नेलाई समेत जिल्ला प्रशासनले कडा कारवाही गर्ने सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवि हुमागाई चेतावनी दिएकी छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालय बिहिबार सरोकारवालाहरुसंग गरेको अन्तरक्रिर्या कार्यक्रममा बोल्दै हुमागाईले भनिन् ‘नेपाल सरकारले केही वर्ष अगाडी यो नियम लागू गरेको भएपनि भक्तपुरमा पालना नभएकाले यस्तो कारवाही गर्न लागिएको हो’ ।
साउन १ गतेदेखि भने प्रहरी कै सक्रियतामा यो कार्य अगाडी बढाइने समेत उनले जानकारी दिएकी छिन् ।
कार्यक्रममा दिएको जानकारी अनुसार नेपालमा प्रत्येक दिन ४२ जना मानिसको मृत्यु सूर्तीजन्य पर्दाथको सेवनबाट हुने गरेको छ । विश्वमा वार्षीक ६० लाख मानिसको यसै कारणबाट मृत्यु हुने गरेको छ ।

LEAVE A REPLY