तीन दलको बैठक बालुवाटारमा सुरु

171

काठमाडौं– प्रमुख तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीतिक अवस्था, संविधान संशोधन, निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ । सत्तारुढ दलले ल्याएको संशोधन प्रस्तावको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रस्तावको विरोध गर्दै आएको छ । बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस, एमालेका शीर्ष नेताहरुको सहभागिता रहेको छ ।