बाख्राको बिहे धुमधामसँग गरियो

276

कहिले बाँदरको बिहे त कहिले गधाको । हाम्रो छिमेकी मुलुक भारत यस्तै यस्तै कार्यहरुका कारण बेलाबेलामा चर्चामा आउँछ । अहिले चाहिँ फेरि बाख्राको बिहे गराएर चर्चा कमाएको छ ।
भारतको उत्तराखण्डस्थित एक गाउँमा बाख्राको स्वयंवर तथा बिहे सम्पन्न भएको छ । उत्तराखण्डको टिहरी जिल्लास्थित पतवाडी गाउँमा बाख्राको बिहे भएको हो । उक्त स्वयंवर समारोहमा सोही गाउँ तथा आसपासका विभिन्न गाउँका बाख्राहरुलाई पनि ल्याइएको थियो । बाख्राहरुलाई राम्रा राम्रा पहिरनमा सजाएर स्वयंवर गराइयो । बाख्राको नाम पनि दिपिका, प्रियंका, करीना, कंगना, श्रद्धा तथा कटरिनाजस्ता हिरोइनको नामबाट राखिएको थियो । त्यहाँ दिपिकाले आफ्नो जिवनसाथीको रुपमा वैशाखू नामको बोका प्राप्त गरी । त्यस्तै प्रियंका र टुकनु तथा कटरिना र चन्दूबीच बिहे भयो ।
बाख्रा ग्राम र ग्रिन पिपुल किसान विकास समितिले उक्त बाख्रा बिहे कार्यक्रमको आयोजना गरेका हुन् । उक्त समारोहमा ल्याइएका बाख्रा तथा बोकाहरुलाई एकसाथ छाडिएको थियो । त्यसक्रममा जुन बाख्रा र बोकाबीच सम्बन्ध कायम भएर नजिक हुन्थे, ती दुईबीच बिहे गराइन्थ्यो । बिहे हिन्दु परम्परा अनुसार धुमधामसँग् भयो । भारतमा यो पहिलो स्वयंभर भएको बताइएको छ । एजेन्सी