सिद्धार्थ बैंकद्वारा आश्रमलाई सहयोग

333

माघ २२,
म्याग्दी । सिद्धार्थ बैंक लिमिटेड म्याग्दी शाखाले बेनी नगरपालिका–९ गलेश्वरधाममा अवस्थित ज्येष्ठ नागरिक आश्रमलाई रु दुई लाख ११ हजार आर्थिक सहयोग गरेको छ । आइतबार बेनी शाखाको उद्घाटनका अवसरमा बैंकका सहायक सिइओ सुन्दरप्रसाद कँडेल, बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष कर्माचार्यले गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीलाई रु दुई लाख ११ हजार १११ को अक्षयकोष स्थापनाका लागि नगद हस्तान्तरण गर्नुभएको हो । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत वृद्धवृद्धाको बसोबासलाई सहज बनाउने उद्देश्यले कोषको स्थापना गरेको बैंकका बेनी शाखा प्रमुख गणेश पाठकले बताउनुभयो । “वित्तीय कारोबारबाहेक सामाजिक क्षेत्रलाई पनि प्राथमिकतामा राखेका छौँ । रासस