भारतमै एकजना पुरुषले आफ्नी छोरीको बिहे जुन प्रकारले गरिदिए, त्यसले समाजका ठालुहरुको मथिंगलमा घन ठोकिदिएको छ सायद । म्हाराष्ट्रको औरंगावादका उद्योगपति अजय मुनोतले आफ्नी छोरी श्रेयाको बिहेमा करोडौं रकम खर्च गर्न सक्थे भोजभतेर र दाइजोमा । तर उनले लोकलाजका लागि त्यसो गरेनन् । उनले बिहेमा फजुल खर्च ग्र्नुको साटो घरबार वीहिन गरिबहरुलाई ९० घर घर बनाइदिए । हुनत उनले सुरुमा छोरीको बिहेमा ७०।८० लाख भारु खर्चगर्ने योजना बनाएका थिए । तर जब भाजपा सांसद प्रकाश बम्बसँग उनको भेट भयो तब सोँच बदलियो । अजयले त्यसपछि छोरीको बिहे साधारण तरिकाले गरिदिए र बिहेमा खर्च गरिने पैसाले घर निर्माण गरी गरीबहरुलाई उपहारमा दिए । दुई एक्कड जमिनमा बनाइएका एक कोठा र भान्सा भएका ती ९० वटा घर दुई महिनामै तयार गरियो । यसका लागि अजयको डेढ करोड भारु खर्च भयो । लासूरमा रहेमा आफ्नो ६० एक्कड जमिनमध्ये २ एक्कडमा उनले गरीबका लागि सामुहिक बस्ती बनाएर हस्तान्तरण गरेका हुन् । हुनत उनले १०८ वटा घर बनाएर गरीबलाई दान दिन चाहन्थे । तर बिहेको दिनसम्म केबल ९० वटामात्र घर बन्न भ्याए ।