फेरीएको कानुन नसकेको मानसीकता

– हेमराज ढकाल
नेपालमाकानुनको लिखित सुरुवातवि.स २००४ सालबाट यता पटक पटकदेशले नयाँ संविधानपाएको छ । राणा शासकले बनाएको कानुन देखी पछिल्लो गणतन्त्रबादी संविधान सम्मआउदा संसोधनपरिमार्जन हुदै आएको नेपालीलिखितमकानुनले शासक र राज्यको व्यवस्था फेरे पनि नेपालीमानसिकतामाभने खासै परिर्वतनल्याउन सकेको छैन । उसो कानुनका ज्ञाता निर्माताहरुले नै नियमतोड्ने यो मुलुकमाशिक्षाको ज्योतीले छुन नसेकालाई झन के थाहानियम र कानुनको बन्धन । जुन सुकै राष्ट्रमा पनिसामाजिक र न्यायीककानुनको प्रचलन रहको हुन्छ । मुस्लीम देशहरुमा सामाजिककानुनले नै व्यक्तिलाई सजायदिने गरेको हामीले सुनेका छौ जुनअत्यन्तदर्दानाक र विश्वव्यापीमानवधिकारको सिद्धान्त विपरीत छ । तर हाम्रो देशमा त न्यायलय नै भष्ट्र छ भनेर वकिलहरुको सम्मेलनले पारीत गर्दछ भने अब पैसा नहुनेले के न्यायको आशगर्नु छ र ? राज्यले नागरीकहरुलाई एउटा नियममाबाध्नको लागिबनाएकोकानुन जब सम्ममानीसको मानसीकतामा पुर्ण रुममा परीवर्तन आउदैन तब सम्मजति नै कठोर भएपनित्यो लागू हुने संकेत नेपालमा छैन । सोझो र इमान्दारलाई त परिधिमाबाध्नु नै पर्दैन जस्को आत्मा सफा छ उस्ले अरुलाई हानीवाचोट दिन सक्दैन बरु आफै अन्यायको छाँयामा दबिएर रहन्छ । तर बेइमानहरुलाई प्रहरीको घेरा भित्रगोलघरभित्र राखेपनित्यहि बाट आफ्नो धन्दा चलाउछन् अरुलाई दुख दिन्छन् । आजभोलीजताजतै बेइमानहरुको राजभएकाले होला२ वर्षकी एउटी अबोध बालिकाहवसको सिकार हुन्छे, बाबुले सातवर्षकी छोरीलाई तरुनीश्रीमती देख्छ अनीट्युशन पढाउने बहानामागुरुले छात्रालाई जवानी विसाउछ । के ? कानुनमाबलत्कारीलाई सजायको व्यवस्थानभएको हो र ? हैन मानीसको मानसिकता नै धरातलबाट हराएपछि शासकले शासनमा मृत्यु दण्डको साजयतोके सुनाएपनिअपराधिले अपराधगर्न छोड्दैन । मनले र तनले चाहानाको चाहतलाई रोक्ननसक्नेहरुको जमातमाग्रेटवाल नै बनाएपनिअपराध घट्दैनन् । मानीसले जुनसुकै अपराधगर्दा पक्कै सोच्छ आफु कसरी बच्न सक्छु भनेर तर उसको मनले यो सोच्दैन की मैले यस्तो गर्दा अरुलाई के असर पर्दछ भनेर अनीकिताब रुपीकानुनले दिने सजाय जस्तो भएपनिसमाजमाहुने अपराध रोक्दैनन् । सिर्फ यो त तिअपराधीहरुलाई झ्न खुलमखुल्लाबाच्ने वातावरण बनाइदिन्छ । कहिले काँहिचलचित्रहरुमा देखीने दृश्यझै बलात्कृत भएकि युवती होस वा सात वर्षकी बालीका उसले प्रहरीको अगाडि आफु माथी घटेको अपराधको परिदृश्य सुनाउनु पर्दछ, तर न्याय पाउने बेला वकिल महासयले सोध्नु हुन्छ तिमी कस्तो अवस्थाथियौ ? कहाकहा छोयो ? देख्ने अरु कोहिथिए त ?प्रमाण पेश गर्नुहोस । घटना जहाँजो माथी जसरी घटे पनि न्यायको आशलाई पैसाको राह््रसले छोपेपछि कस्को के लाग्दैन । यो त एउटा प्रतिनिधि घटना हो अन्य धेरै दृश्य कानुनले निषेध गरेको छ हामी दैनीकी त्यहिबाट सुरु गर्दछौ बिहानै उठेर चिया पसल मागएर चुरोटको धुवा अरु तिर फाल्दै हामीनेताको विरोध गछौ तर कानुनमा छ सार्वजनिक स्थलमाधुम्रपाननिषेध छ । खै त हाम्रो मानसीकताबदलिएको आएको छ सोचमा परिर्वतन कसैको ? गाडिमा धुम्रपाननिषेध लेख्ने चालक परिचालक धुवाँ उठाउदै सवारी चलाउछ के उसलाई थाहा छैन र कानुन ? थाहा छ तर पनि सोचलाई बदल्न सक्दैन । विगतदुई वर्ष यतामापसेको खुबचर्चा छ यो अभियानले केहि हद सम्म दुर्घटना समेत कम गरेको छ तर मापसेको जाँचमा बसेका प्रहरी नै टिल्ल भएर बसेपछि के हुन्छ ? के उसलाई थाहा छैन र कानुन ?यहिहो भन्न खोजिएको कानुन जस्तो भए पनि मानीसको व्यवहार अनी चालचलनमा परिर्वतन नभए सम्म यस्ले समाजमा कुनै प्रभावन र्पाने रहेछ । मानीसको जिन्दगीको हरेका क्षण समाजसंग गासीएको छ अनी कानुनसंग पनि, तर मानसिकतवरले उ सामाज र राष्ट्रको नितिनियमसंगगासीन सकेन भने कानुनकाधारा उपधाराले जिन्दगीमा महत्व राख्दैन । आजभोली अख्तियार जागेको बेलामा के सरकारी कर्मचारीलाई थाहा छैन र घुस खानु अपराध हो भनेर ? तर उसको मानसिकताले घुुसलाई अपराधनमानेपछि अख्तियार र विषेशअदालतको सजाय एउटा लाई दिएपनिअरुले घुस खान छोडेर ?कुनैपनिमानीसको अन्तर आत्माले अपराधलाई धार्मीक हिसाबले पाप, सामाजिक रुपले श्राप र न्यायीकतवरले अन्तरघात भन्ने बुझदैन तब सम्म समाज र मुलुकमाकुनै परिर्वतनहुदैन । राज्यको सेवा सुविधालिएर बसेको कानुननियमबुझेकाले त यसो जनताको २÷५ हजार कुम्ल्याउनपाएहुन्थ्यो भन्ने सोच राखेर नियमलाई कुल्चिदिन्छ भने अरुको त कुरै छोडौ । आजभोली त कसरी हुन्छ समाजको र कानुनको आखाँ छलौ भनेर जो कोहि पनिअग्रसर हुन्छन् । समाजिकनियमको चौघेरा तोडेर श्रीमतीआखाँ छलेर परस्त्रीसंग माया गास्नेलाई अनी श्रीमानले परदेशमा कमाएको पैसा अर्को केटा संग माया लाउनेलाई थाहा छैन र कानुन र सामाजिक न्याय ? छ तर सोचमा छैन यहि हो वास्तविकता,मानिसको अरुलाई भन्न सजिलो आफुलाई परेपछि थाहा हुन्छ यहिहो मानिसको गुण । हेरक नराम्रो कामको लागि न हो कानुन हामीले अरुलाई असर नर्पने कार्य, अरुको भावना विपरितको कामअनी समाज र राष्ट्रको हितअनुसार कदम अगाडि बढाए कानुनले केहि गर्दैन । त्यसैले सोच बदल्नु पर्दछ जिन्दगीमा तब सामाज बदल्लीन्छ अनि देश ।
भन्न खोजीएको यति हो जव सम्मतपाई हामी सवैको मानसिकताबाट अपराध हट्दैन तब सम्म सामाज शान्त हुदैन चाहे कानुन जति बलियो होस या सजाय ।

1 COMMENT

LEAVE A REPLY