लोसारको पर्वको विवाद र वास्तविकता

332
तस्विरः लेखक जम्बला लामा

-जम्बला लामा

पृथ्वीको जनावर तथा मानवमा आवद्ध भएको लोसार अर्थात वर्ग । जस्तै की अब भर्खरै सुरु हुन गइरहेको (खि.स.फो.) अर्थात पुरुष माटोतत्वको कुकुर वर्ग सुरु हुनेवाला छ । २१४५ को प्रथम महिना अब आउने फागुन ४ गतेदेखी सुरु भई फागुनको १८ गते समाप्त हुनेछन् । अर्थात लोसारको पूर्ण विधि यहिनै हुन । सुरु तिथि १ बाट समाप्त तिथि १५ अर्थात पूर्णिमाको दिनमा समानपन हुनेछ विधिपूर्वक । तर यहाँ त लाटोको देशमा गाडै तन्नेरी, कानोको देशमा खोरन्डेको ताती भनेझै बौद्ध धर्मावलम्बीहरुलाई त्यसको घाडो भएको महसुस भएको छ ।
चाहे बुझेर होस या नबुझेर यहाँ त बौद्ध धर्म अबलम्बन गर्ने अगुवा व्यक्तिहरु नै थरीथरीका लोसारमा उपस्थित भई नानाथरीका भाषण गर्ने र बौद्ध धर्मलम्बीहरुलाई भाड्ने काम भएको भन्दै बौद्ध धर्मावलम्बीहरुको गुनासो सुन्नमा आएको छ । एकाग्र चित्त (मन) बाट नभई अरौटे र सुनौटे भाषामा परी यो लोसार पनि हो, त्यो लोसार पनि हो । मतलब साफ छ । कुनै धर्म गुरु भन्छन तामाङ्गहरुले मान्ने सोनम लोसार हो, गुरुङहरुले मान्ने तोला लोसार र शेर्पा जातीले मान्ने ग्याल्पो लोसार । अर्थात ३ थरीका लोसार (नयाँ वर्ष) मान्छ ।
अतः धर्मग्रन्थभित्र राम्ररी केलाएर हे¥यौ भने यी तीनै लोसार मानव र जनावरमा मेल खादैन भन्ने धर्मशास्त्रभित्र उल्लेख भएको छ । गुरुङ्ग जातीले तोला लोसार उनीहरुको आफ्नो पुर्खाले पुषको १५ गतेदेखी दिन लामो हुने हुँदा त्यही दिनदेखी वर्ग परिवर्तन भएको भनि धर्मग्रन्थ भन्दा १ महिना १५ दिन अघिनै वर्ग फेरियो भनि त्यसैलाई आत्मसाथ गरेको पाइन्छ । अर्थात गुरुङ्ग जातीहरुले मौखिक शब्दलाई नै चलनचल्तीमा ल्याएर आफ्नो वर्गको (मेवा) ग्रह र उपग्रह (पर्खा) नै थाहा हुँदैनन् । किनभने उनीहरुले परापूर्व कालदेखी नै परम्परा बसाली सकेको कारणले उनीहरुले कुनै लामागुरु वा रिम्पोछे र (चि) अर्थात ज्योतिष शास्त्रलाई नै विश्वास गर्दैनन् । उनीहरुले एकतर्फी निर्णय मानिसकेको कारणले धर्मग्रन्थलाई विश्वास गर्दैनन्, खास कुरा यीनै हुन ।

तामाङ्ग जातीले मान्ने
हाम्रो नेपालको तामाङ्ग जातीले पनि आफु को हो भन्ने नबुझिकन, आफैले आफैलाई मपाई भनेजस्तो तामाङ्गहरु केही मात्राले सोनाम लोसार नै तामाङ्गको लोसार हो भनि तामाङ्गहरुलाई नै विवादमा तान्न खोजेको तामाङ्ग जनसमुदायलाई नै महसुस भएको छ । केही तामाङ्गहरुले बौद्ध धर्मलाई विश्वास नगरेको कारणले गर्दा यी लोसारहरुलाई विवादमा तानिएको हो कि भन्ने तामाङ्गजनहरुलाई आभास भएको छ ।तामाङ्गहरुमा पनि गुरुङ्गहरुले जस्तो एकथरी तामाङ्ग अर्थात तामाङ्गको अभिभावक संस्था तामाङ्ग घेदुङले नै धर्मग्रन्थ विपरीत तामाङ्गले मान्ने लोसार सोनाम नै हो भनि घमण्डी गरेको कारण नै तामाङ्गहरुले २ थरिको लोसार मान्छन् । घेदुङको भनाई शेर्पाहरुले मान्ने ग्याल्पो लोसार हामी तामाङ्गहरुले मान्दैनौ भनि तामाङ्ग समुदायलाई भ्रममा पारी घेदुङले पनि गुरुङ्ग जातीले तोला लोसार मानेझै तामाङ्गले पनि सोनाम लोसार नै मान्नुपर्ने जवरजस्ती गरेको हो की भन्ने तामाङ्ग समाजमा शंका उब्जेका छ ।

तामाङ्ग घेदुङ र गुरुङ्ग
यी दुई संस्थासँग कुनै पनि ज्योतिष शास्त्रमा मेलखाने पात्रो अहिलेसम्म पाप्त गर्न सकेको छैन । भएपो ल्याउने, छैन । कहाँबाट ल्याउने । अनि प्रमाण पनि दिन नसक्ने तामाङ्गले मान्ने सोनाम लोसार हो भनि घमण्डी गर्नु भनेको धर्म होइन अधर्म हो की भन्ने तामाङ्गजनहरुको गुनासो आएको छ र गुरुङ्ग समाजबाट पनि गुनासो आएको छ ।

अर्को थरी विज्ञ तामाङ्ग
अर्थात, विज्ञ तामाङ्ग समुदाय भन्छन, हामी कुनैपनि लोसार मान्दैनौ । मात्र ग्याल–लो लाई मान्छौ । अर्थात पुरानो ग्याल–लोलाई अर्थात चरा वर्गलाई विदा गराई अब आउने नयाँ वर्ग (स.खि.फो.) माटो तत्व पुरुष कुकुर वर्गलाई स्वागत गरी ग्रह शान्ति गर्ने हो । अब आउने कुकुर वर्गलाई आफुलाई नै ठूलो ग्रह (राङकेग बबलो) नराम्रो बाधा वर्ष हुनेछ र गडुल वर्गलाई साढेसाती ग्रह, बाघ वर्ग र घोडा वर्गलाई त्रिप्रतिकुल ग्रह गाई वर्ग र भेडा वर्गलाई चतुरघाती वर्ग भएको कारणले गर्दा ग्याल–लो सुरु भएको केही दिनपछी देखी ग्रहशान्ति पुजा गर्नुको विकल्प छैन । यो धर्म ज्योतिष शास्त्रको विधि अनुरुप हामी अगाडी बढ्नुपर्छ ।
उदाहरणको लागी हामीलाई जरो, रुघाखोकी इत्यादी बिरामी पर्दा औषधी उपचार गरेन भने शरीरले धेरै दुःख पाउँछ र मरणको अवस्थामा पनि पु¥याउन सक्छ भने जस्तै ग्रह लाग्यो भने ग्रहलाई मन्छाएन भने त्यो ग्रहले ठूलो आपत विपत निम्त्याउन सक्छ । त्यसै कारणले आउने ग्रहलाई मन्छाउनको लागी लामागुरुहरु सँग सल्लाह सुझाव लेखेर ग्रहशान्ति गर्नुको विकल्प छैन ।

ग्याल–लो को अर्थ
अर्थात ग्याल.जित र लो को अर्थ वर्ग हो । भगवान बुद्ध (कश्याप) बुद्धको पालामा नै (लो ताग) नामाकरण आदेश भएअनुसारको हाल हामी मानव र जनावरको नामाकरण बाट नै हामी मानवको जन्म भएको छ । यसको सार यस प्रकारका छन् ।
१- बाहीरी भाग पृथ्वी २-भित्रि भागमा प्राणीहरु र सात समुन्द्र अर्थात सात महासागर यो पृथ्वीमानै छन् । त्यस समयमा कश्याप बुद्ध पृथ्वीको अवलोकन गर्न आउनु भएको बेलामा भगवानलाई पनि चार मार अर्थात चार दानवसँग भगवानको वाक युद्ध भयो । त्यस क्रममा दानवहरुले हरेक आस्त्र शास्त्र प्रयोग ग¥यो तर कश्याप बुद्धलाई छुन पनि सकेन । अति भएर हारपछी चार मार (दानव) ले भगवानसमक्ष क्षमा मागे । अनि उनीहरुलाई भगवानले पृथ्वीको चार रक्षक महापाल नियुक्ति गरेपछी भगवानबाट ३६० जनावरहरुलाई पनि नामाकरणको लागी आदेश भएकोमा जम्मा १२ वटा जनावर मात्र उपस्थित भएको थियो ।

त्यस मध्य प्रथम मुसा अथार्थ भगवानको आदेश थाहा भएपछि प्रथम मुसा नै भए । तर भएता पनि मुसलाई भगवानको स्थानमा पुग्न धेरै गाह्रो भयो । कारण समुन्द्र पार गर्नु थियो । तर मुसाले समुन्द्र पार गर्न सकेन । मुसा अलमलमा परीरहेको बेलामा गाई भनि भगवानको दर्शनको लागी आतुर आतुर भइरहेको थाहा पाएको मुसाले बाटो माथि गई दाउ छोपेर बस्यो । उतिनैखेर त्यहा गाई आईपुग्छ र मुसा फुर्लुक्क उफ्री गाइको जुरोमा बसे । अनि समुन्द्र पार हुनेबित्तिकै मुसा त्यहाँबाट फुरुक्क उफ्री भगवानको सामु खडा भए ।
अनि सबैभन्दा ठूलो नामाकरण मुसाकै भए । अर्थात (जिवा) मुसा त्यसपछी गाई क्रमश बाघ, खरायो, गडुल, सर्प, घोडा, भेडा, बादर, चरा, कुकुर र एवं रितले पछी सुगुर पुग्यो । यी नामाकरण हालैको शाक्यमुनी बुद्धबाट होइन । यो प्रथम ६७ इसाईपूर्व भन्दा अगाडीनै भगवानले चार मारलाई आफ्नो ऋद्धि शक्तिको बलबाट जित भएको समयमा पृथ्वीको जनावरहरुको नामाकरण गरेको समयलाई मानिन्छ । अर्थात ग्याल–लो अर्थात जितको वर्ष यो धर्म शास्त्रभित्र बाटनै (चि) ज्योतिषशास्त्र भित्र पाइन्छ । त्यसकारण अर्थलाई अनर्थ लगाउनु हुँदैन भन्ने तामाङ्ग विज्ञरुको भनाई हो ।
र धर्मग्रन्थमा भएअनुसार प्रथम ग्याल–लो नयाँ वर्ग फेरीएको (चि) बाट नै प्राप्त भएको छ । यहाँ त लोसार भन्यो कम्मर भाच्ने, नाच्ने र गीत गाउने गर्छ उनीहरुले, आफुलाई ठूलो ग्रह लागेको भन्ने हेक्का नै थाहा छैन । मात्र ग्याल्पो लोसार, सोनाम लोसार र तोला लोसार भन्यो धुइ धुइती नाच्ने गाउने यो तरिका नै होइन । यदि धर्मशास्त्र अनुसार बुझेको भए आफ्नो घरमा प्रथम महिनाको १ तिथिमा घरआँगन सरसफाई गरी भगवानको प्राथना गरी आफ्नो ग्रहशान्ति पुजा गरी भगवानको ध्यान गर्नु त कता हो कता टुडिखेलमा गई धुलो सफा गर्न राम्रो राम्रो लुगा कपडा लगाई नाच गान देखाउने चलन यो नोट कमाउने खेल हो । यो तामाङ्ग समुदायले बुझ्नै सकेको छैन ।

तामाङ्गजनले थाहा पाए अनुसार
(चि) ज्योतिषशास्त्र भित्र उल्लेख भए अनुसार प्रथम ( ग्याल–लो) लोसार अर्थात तिथि, ग्रह, उपग्रह र मिति हाल मान्न गइरहेको २१४५ मितितिथी (छेवा) ग्रह मेवा र उपग्रह (पर्खा) र तत्व सँग मिल्ने तरिकाको ग्याल–लो नै अबको कुकुर वर्गको तत्व (माटो) छ र पुरुष कुकुर वर्ग हुन । यही वर्ग अब आउने ६० वर्षपछी मात्र माटोतत्व कुकुर वर्ग आउनेछ । अर्थात ६० सम्वतसर । अब आउने १२ वर्ष पछीको वृक्ष तत्व महिला कुकुर वर्ग आउने छ । यो वर्ग भनेको ६० वर्षको परिक्रमा पछीमात्र आउनेछ ।
अनि तामाङ्गहरु १२÷१२ वर्षपछी आउने वर्ग त्यही वर्ग हो भनी आँखा चिम्म गरी मनलाई बन्द गरी जथाभाावी बोल्न र गर्न मिल्दैन भन्ने तामाङ्ग संजालमा नै व्यापक भएको छ । गर्नु भन्दा सोच्नुपर्छ, अगाडी बढ्नु पर्दा पनि सोच्नुपर्छ । अगाडी खाल्डो भिर छ की भनेर सिधै गयो भने खाल्डोमा पर्छ । त्यसरीनै तामाङ्गहरु धर्मको रुपमा खाल्डोमा परेको भन्ने तामाङ्ग जनसमुदायको विचारहरु आएको छ ।

१० औं महिना लोसारको निधि
अर्थात मंसिर महिना ग्याल–लो अनुसार १० औं महिनामा ल्होसार कोङ भन्ने गाउँमा कोङपो लोसार मानेको पाइएको छ, (चि) मा । त्यहाँको एकजना रिम्पोछेको नाम कोङपो रेम्पोछेले ग्याल–लोको १० औं महिना मंसिर ताकामा उनीहरुको गाउँमा हिमालय यरिया क्षेत्र भएको कारण गहुवाली कोदो पाक्ने समय मंसिरताका भएको कारणले वालीनाली थन्काउने बेलामा त्यहाको निति अनुसार नयाँवाली भित्रिएको उपलक्षमा प्रसादको रुपमा पुजा गरी प्रसाद ग्रहण गर्ने चलन भएकोले कोङ भन्ने गाउँमा यसलाई पर्वको रुपमा मान्ने गरेको हुन ।

१२ औं महिना
अर्थात ग्याल–लो को १२ औं महिना माघ महिनामा सोनाम लोसार अर्थात ल्हासाको विकट गाउँमा करु भन्ने अनाज जस्तै गहँु र जौ भन्दा फरक किसिमको बाली उब्जाउनको लागी अलि ढिलो अर्थात पुष महिनाको आधाआधिमा पाक्ने भएकोले त्यसलाई पनि ल्हासाको किसानहरुले बालीलाई थन्काउने बेलामा उनीहरुले पनि प्रसादको रुपमा लामागुरुबाट विधिपूर्वक घनचक्र छोग अर्थात प्रसाद अभिषेक गरी प्रसाद ग्रहण गरी बाली थन्काउने गरेका छन् । त्यसैको आधारमा सोनम भनेको किसानै हो । यो धर्म भाषामा नामाकरण भएको छ । त्यसैको सिलसिलाबाट सोनाम लोसार मान्ने विधि थिति ल्हासामै भएको हो । अनि सोनामको अर्थलाई नबुझिकन सोनाम लोसार, भन्नु मिल्छ अर्थ नै नबुझिकन । खासगरी सोनाम लोसारको अर्थ नै किसानहरुले नयावालीलाई घरमा भित्राउने चलनलाई नै सोनाम लोसार भनेर ल्हासामा मान्ने गरेको चलन छन् । यसलाई हाम्रो तामाङ्गजनहरुले मान्ने गरेको पाइन्छ ।
ठिक छ यदि धर्मगुरुहरु र धर्मग्रथबाट नै सोनाम लोसारको तिथि, मेवा, पर्खा र निधि देखाउन सक्यो भने हामी सम्पूर्ण तामाङ्गजनहरु एक भई एकै लोसार सोनामलाई नै मानौ नत्र भने ग्याल्पो लोासार, सोनाम लोसार र तोला लोसार भनि हाामी यी तीनै लोसार मान्दैनौ मात्र ग्याल–लो मात्र मान्छौ । यसमा कुनै संघ संस्थाहरुले विरोध नगर्नु हुन पनि अनुरोध गर्दछौ । ग्याल–लो नै हामी पृथ्वीको मानव र जनावरहरुमा आवद्ध भएको कारण हामीले मान्नुपर्ने मात्र ग्याल–लो हो भन्ने तामाङ्ग विज्ञहरुको जनाउ आएको छ । अर्थात जाथाभावी तामाङ्गको लोसार भन्दै कोही तामाङ्ग ग्याल्पो लोसार मान्ने कोही तामाङ्ग सोनाम लोसार के यो चाला ?
केही तामाङ्ग त ल्हासामा मानेको ग्याल्पो लोसार मान्दैन भन्ने अनि सोनाम लोसार चाहि कहाबाट आएको हो ? के त्यो तामाङ्गबाट नै आएको हो ? यी कुनैपनि होइन । यी सबै भ्रमको खेती गर्ने तामाङ्ग समूहबाट आएको हो भन्ने नागरिकको विचार हो ।
मात्र मान्ने भनेको बुद्ध सम्वत २५६२ वर्ष र ग्याल–लो २१४५ संवतको तिथि, मेवा र पर्खा सबै धर्म ग्रन्थमा मिलेकोलाई मान्ने हो । नत्रभने यो अवसरवादी केही तामाङ्गले दलाई लामाले बुद्ध जन्मेको नेपालमा होइन भारतमा जन्मेको हो भनी भारतीय टेलिभिजन पर्दामा बोलेको जस्तो उनीहरुले २८४५ मञ्जुश्री वर्ग भनेजस्तो गरी बुद्ध पनि २८४५ मै जन्मिएको भनि भन्नु पनि बेर छैन । त्यसैकारण बुझ्नु र सुझ्नु घरतिर कुद्नु भनेजस्तो हाम्रो केही तामाङ्गहरुले ८० लाख तामाङ्ग जनसमुदायलाई बेकुव बनाएको भनने आंकलन गरेको छ ।

अन्तिममा
यो वर्षको २१४५ ग्याल–लो को दिनमा सबैलाई सुखशान्तिका साथै शुभकामना पनि व्यक्त गर्दछु । साथै हालैको कुकुर वर्ग माटोतत्व र नौ ग्रह (मेवा–घु) अर्थात नौ ग्रह स्टदेव (यीदम) मञ्जुश्रीको राम्रोसँग ध्यान र जप ग¥यो भने अति राम्रो शुभ हुनेछ भन्ने ज्योतिष शास्त्र अनुसार नै संघरत्न भई मिलिजुली अगाडी बढ्नु भएमा सबै कार्य सफल हुनेछ । विवादरहित को ग्याल–लो मानुन भन्ने तामाङ्ग विज्ञहरुको सुझाव आएको छ ।

-यो लेखमा ल्होसार शब्दलाई लोसार लेखिएको छ ।

लामा बौद्ध जागरण केन्द्र तथा स्तुपा
फाउण्डेशन नेपालका, केन्द्रिय सदस्य हुन् ।