रेडियोमा प्रत्यक्ष प्रसारण गर्दागर्दै जन्मियो बच्चा ( भिडियो सहित)

336

काठमाडौं । रेडियोमा लाइभ कार्यक्रम चलाउँदा चलाउँदै प्रस्तोता सुत्केरी हुन्छिन् । र, उनले जन्माएको बच्चाको नाम स्रोताहरुले नै राखिदिन्छन् । तपाईंलाई यो कुरा पढ्दा र सुन्दा पक्कै अचम्म लाग्यो होला । तर अचम्म मान्नुपर्दैन । प्रसव पीडा र सुत्केरीको पनि रेडियोमा प्रत्यक्ष प्रसारण गरिएको कुरा सत्य नै हो । यो अमेरिकाको घटना हो । अमेरीकाको सेन्ट लुइसस्थित ‘द आर्क स्टेशन’की प्रस्तोता केसेडे प्राक्टरले सोमबार प्रत्यक्ष प्रसारणको एक कार्यक्रम चलाउँदै थिइन् । कार्यक्रम चलाउँदा चलाउँदै उनलाई प्रसव पीडा सुरु भयो । उनलाई तत्काल अस्पताल पुर्याइयो र अस्पतालभित्रैबाट पनि उनी सुत्केरी भएको प्रत्यक्षण प्रसारण गरियो ।रेडियो स्टेशनले अस्पतालको शय्याबाट पनि पत्यक्ष प्रसारणको व्यस्था मिलाएको थियो । बीबीसीसँग कुरा गर्दै प्राक्टरले भनेकी छन् यो मेरालागि एक शानदार अनुभव थियो । सुत्केरी हुने भनेर डाक्टरले दिएको मितिभन्दा पहिले नै प्रसव पीडा सुरु भयो । त्यसैले अचानक कार्यक्रमको पनि तयारी गर्नुपर्यो । प्राक्टरले भनिन्, ‘जीवनको यति महत्वपूर्ण क्षण स्रोताहरुसँग बाँड्न पाउनु मेरो लागि शानदार थियो । यो मेरो जीवनको सबैभन्दा राम्रो अनुभव हो ।’ (भिडियो हेर्नु होस्)

View this post on Instagram

Little Jedi.

A post shared by Cassiday Proctor (@radiocassiday) on